Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsकोमा कार दुर्घटनाका नेपाली चालक सिड्नी विमानस्थलबाट पक्राउ । भिडियाेसहित

कोमा कार दुर्घटनाका नेपाली चालक सिड्नी विमानस्थलबाट पक्राउ । भिडियाेसहित


सिड्नी

दुई नेपाली विद्यार्थीको ज्यान जाने गरि भएको कार दुर्घटनाका चालक सिड्नी विमानस्थलबाट समातिएका छन् ।
दुर्घटनामा घाईते समेत भएका चालक अस्पतालबाट डिस्चार्ज भए लगतै नेपाल जान खोजेका थिए ।
त्यहि क्रम शुक्रबार साझ उनी समातिएका हुन् । उनलाई मास्कट प्रहरी चौकीमा राखिएको स्थानिय संचारमाध्यमले जनाएको छ ।
नेपाली विद्यार्थी चालक समातिएको विषयमा राजदुतावास अनभिज्ञ देखिन्छ ।
नेपालट्युबसंग कुरा गर्दै कार्यबाहक राजदुत दुरपदा सापकोटाले नेपाल विद्यार्थी समातिएको हल्ला सुनेका छौ । अस्पतालबाट डिस्चार्ज भएसंगै ती चालकले नेपाल जाने कुरा गरेको राजदुत सापकोटाले बताउनुभयो ।
दुई जनाको ज्यान जाने गरि भएको दुर्घटनाका चालक प्रहरीको अनुसन्धानको दायरामा थियो । प्रहरीको अनुसन्धान नसकिदै ती चालक नेपाल जान खोज्नुले घटनालाई थप जटिल बनाउने जानकारहरु बताउछन् ।

२२ वर्षिय चालकलाई जोखिमपुर्ण रुपमा सवारी हाकेर दुई जनाको ज्यान गएको, जोखिमपुर्ण रुपमा सवारी चलाएर खतरा मोलेको तथा हेलचक्राई गरि गाडी हाकेको आरोपमा मुद्दा दर्ता भएको छ ।
चालकलाई प्रहरीले शनिवार पारमाट्टा अदालतमा पेश गर्ने तयारी गरेको छ ।

गत आईतबार क्यानवेरा नजिकैको स्नोई माउण्टेनमा हिँउ खेल्न जाने क्रममा कार दुर्घटना हुदा दुई जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।
कार सवारमा अन्य ३ जना घाईते भएका थिए ।

अष्ट्रेलियामा लापरवाहीपुर्ण सवारी चलाउनु गम्भीर अपराध मानिन्छ । प्रहरीले दुर्घटनाकाे विभिन्न काेणबाट अनुसन्धान थालेकाे छ । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ