Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaस्टार फुटबलर विमल किन आए अष्ट्रेलिया ? सुरक्षित भविष्यको चिन्ता कि अरु छ कारण !

स्टार फुटबलर विमल किन आए अष्ट्रेलिया ? सुरक्षित भविष्यको चिन्ता कि अरु छ कारण !


काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर समेत अष्ट्रेलिया पलायन भएका छन् । केही समयअघि विवाह बन्धनमा बाँधिनुभएका स्टार फुटबलर बिमल सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया आउनुभएको हो ।

नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले सम्झौता रद्ध गर्दै अष्ट्रेलिया आउनु र आफ्नो भविष्य सुरक्षित गर्ने बाटो रोज्नुभयो । अहिले ललितपुर सिटीले विमलको स्थानमा मार्की खेलाडीको रुपमा अनन्त तामाङलाई अनुबन्ध गरेको छ । राष्ट्रिय फुटबल टिमका स्टार फुटबलर समेत रहेका बिमलको विदेश पलायनले खेल क्षेत्रलाई नै स्तब्ध बनाएको छ । उमेर समूह हुँदै राष्ट्रिय टिमसम्ममा समेटिएर स्टार बनेका बिमल पछिल्लो पुस्ताको नेपाली फुटबलका उत्कृष्ट फरवार्ड मानिन्थे । करियरको सुरुआतमा युरोपेली फुटबलमा आबद्ध हुन प्रयास गरे पनि उनी सफल भएनन । पछिल्लो एक दशक नेपाली फुटबलको लोकप्रिय फुटबलर बनेका विमलकै नेतृत्वमा नेपालले यू–१९ साफ च्याम्पियनसिप जित्दै अन्तराष्ट्रिय फुटबलमा उपाधिको ढोका खोलेको थियो । पछि साग गेम्स, बंगबन्धु कप, एएफसी सोलिडारिटी सहित विभिन्न उपाधिमाथी नेपाली टिमले कब्जा जमाउदा समेत बिमन चर्चामै रहेका थिए ।

पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन् । घरेलु फुटबलको संरचना गतिलो र बलियो नहुँदा वर्षभरी खेल्न नपाउने पिडा नेपालमा बसेका खेलाडीले समेत पोखिरहेका छन् । फुटबल खेलेर केहीले नाम कमाए पनि आर्थिक पाटोमा ठूलो साथ सहयोग हुने गरेको छैन । जसका कारण सुरक्षित भविष्य र राम्रो आम्दानीको खोजीमा फुटबलरहरु विदेश पलायन हुने क्रम बढ्दो देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ