Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअभिनेता अनमोल केसी पक्राउ पर्दा समर्थकमा निरासा, यस्तो रहेछ पक्राउको कारण !

अभिनेता अनमोल केसी पक्राउ पर्दा समर्थकमा निरासा, यस्तो रहेछ पक्राउको कारण !


काठमाडौं । अभिनेता अनमोल केसीलाई ‘आपराधिक विश्वासघात’ गरेको आरोपमा प्रहरीले पक्राउ गरेसँगै फ्यानहरु दुःखी बनेका छन् । अनमोलले सुदर्शन थापाले निर्माण गर्ने फिल्म ‘रावायण’ मा काम गर्ने भनेर पछि धोका दिएको आरोपसहितको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

सुदर्शनकी पत्नी सुप्रिया कटुवालको उजुरीका आधारमा अपराध महाशाखाको टोलीले अनमोललाई साँझ साँगाबाट पक्राउ गरेको थियो । अनमोलले फिल्म खेल्ने भनेर १० लाख रुपैयाँ अग्रिम भुक्तानी लिएको, सुटिङ भन्दा तीनदिन नखेल्ने बताउँदा फिल्मका लागि डेढ करोड रुपैयाँ खर्च भइसकेकोले क्षतीपुर्ति तिर्नुपर्ने माग उजुरीमा गरिएको छ । फिल्मका निर्देशक सुदर्शन थापाले कलाकार तथा प्राविधिकहरुको भुक्तानी तथा अन्य तयारीमा सवा करोड रुपैयाँ खर्च भएको दाबी गर्दै आपराधिक कर्तुतको सजायका साथै क्षतिपूर्ति भर्नुपर्ने माग गर्नुभएको छ ।

यस्तो थियो घटनाक्रम
अनमोल यो फिल्ममा बुवा भुवन केसीको दवावका कारण जोडिनुभएको थियो । पछि स्क्रिप्ट चित्त नबझेपछि मनस्थिति बदलेको पाइएको छ । शिवम् अधिकारीले लेखेको स्क्रिप्ट परिमार्जनका लागि अनमोलले सुझाव दिएपनि निर्देशक थापाले सबै तयारी भइसकेको भन्दै थप समय दिन नसकिने बताएपछि परिस्थिति बिग्रिएको थियो । स्क्रिप्ट चित्त नबुझेकै कारण अनमोलले निर्माण पक्षसँग कुनै लिखित एग्रिमेन्ट गर्नुभएको थिएन । करिब ३० लाख आसपास पारिश्रमिकमा अनमोलले यो फिल्म खेल्ने मौखिक समझदारी गरेर टोकन मनिका रुपमा १० लाख रुपैयाँ लिनुभएको थियो । अनमोलले अहिलेसम्म चेक नसाटेको भएपनि चेक फिर्ता गर्नुभएको छैन ।

१० लाख फिर्ता भन्दा सवा करोड रुपैयाँ खर्च भइसकेकाले त्यसको क्षतिपूर्ति अनमोलले भर्नुपर्ने दावी निर्देशक थापाको रहेको छ । अर्को नायकलाई लिएर चलचित्रको काम अघि बढाउने सहज विकल्प भएपनि अनमोललाइ पाठ सिकाउने भन्दै निर्देशक थापा प्रहरीमा पुगेको पाइएको छ । यता, अनमोलले ‘रावायण’ भन्दा अगाडि नै दुईवटा फिल्म साइन गरिसक्नुभएको थियो । रोहित अधिकारीले निर्देशन गर्ने ‘फकीफर्की’ मा काम गरिरहनुभएका अनमोल यसपछि ‘जेरी अन टप’ मा खेल्नुहुनेछ । रावायणका लागि सेड्यूल मिलाउन समेत अनमोललाई गाह्रो भइरहेको थियो ।

अनमोलले सामाजिक सञ्जालमा तीन दिनअघि एक स्टाटस लेख्दै आफू अब कुनै पनि फिल्म दबाब र हतारमा नगर्ने, आफ्नो आधिकारिक पेजबाट घोषणा नभएसम्म कुनै पनि फिल्ममा आवद्ध भएको भनेर समाचार सम्प्रेषण नगर्न आग्रह गरेपछि निर्माण पक्ष बिच्किएको थियो । प्राय एकपटकमा एउटा मात्रै फिल्मको काम गर्ने अनमोल कसरी रामायणमा फस्नुभयो त ? प्रहरी अनुसन्धानबाट थप तथ्य खुल्दै जानेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ