Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा पशुपति, बौद्धनाथ जस्ता सम्पदा बनाउने अभियान, गरौँ सकेको सहयोग !

अष्ट्रेलियामा पशुपति, बौद्धनाथ जस्ता सम्पदा बनाउने अभियान, गरौँ सकेको सहयोग !


ब्रिजबेन । अष्ट्रेलियाको ब्रिजबेनमा नेपाली पशुपतिनाथ, बौंद्ध र स्वयम्भु स्तुपासहितका सामुदायिक केन्द्र बनाउन गो फण्डमी मार्फत सहयोग संकलन थालिएको छ । कुइन्सल्याण्ड नेपाली कल्चरल सेन्टर (क्युएनसिसि) ले सामुदायिक केन्द्र बनाउन ब्रिजवेनको लोगन रिजर्भ क्षेत्रमा ४ हेक्टर जग्गा किन्न बैनाबट्टा गरिसकेको र एक साताभित्र पास गर्नुपर्ने भएपछि सहयोग संकलन अभियान थालिएको हो ।

साढे १४ लाख डलरमा किन्नेगरि ४ हेक्टर बढी जग्गाको बैनाबट्टा गरेको क्युएनसिसिले साँढे १२ लाख आर्थिक संकलन गरेपनि बाँकी करिब तीन लाख डलरको जोहो गर्न गो फण्डमी अभियान अघि बढाएको अध्यक्ष केशब शर्माले जानकारि दिनुभयो । क्युएनसिसिले ४ सय ७५ आजिवन सदस्यबाट ११ लाख २० हजार डलर, बाँकी सहयोगी र विभिनन सांगितिक कार्यक्रम मार्फत साँढे १२ लाख संकलन गरिसकेको छ । गो फण्डमी अभियानमार्फत करिब ३ लाख डलर सहयोग संकलनको जिम्मेवारी भने एनआरएनए कुइन्सल्याण्डले पाएको छ । संयोजक शम्भु गाईसीले सकेको सहयोग गरेर नेपाली समुदायको ठूलो सम्पदा निर्माणको अभियान सफल पार्न आह्वान गर्नुभएको छ ।

भोलिको पुस्तालाई समेत नेपालका पशुपतिनाथ, बौद्ध, स्वयम्भुनाथ जस्ता ऐतिहासिक सम्पदा बनाएर इतिहास रच्न चाहानुहुन्छ भने सकेको सहयोग गर्नुहोस् । गो फण्डमीको यो लिंक मा गएर आफ्नो सम्पदा निर्माणको महाअभियानमा हातेमालो गरौँ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ