Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपश्चिम नेपालमा शक्तिशाली भूकम्प, भौतिक संरचनामा ठूलो क्षती !

पश्चिम नेपालमा शक्तिशाली भूकम्प, भौतिक संरचनामा ठूलो क्षती !


काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पका कारण पक्कि तथा कच्चि घर, भवन लगायतका संरचनामा ठूलो क्षती भएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प जादा कैयन पक्ली र कच्ची संरचनामा क्षती पुगेको हो ।

मंगलबार दुई पटक गएको शक्तिशाली भूकम्पपछि बझाङ, कैलाली, डोटी, डडेल्धुरा, बाजुरालगायतका जिल्लामा सर्वसाधारण त्रसित बनेका छन् । दिउँसो २ बजेर ४० मिनेटमा समेत बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । धेरै घर, भवनहरु भत्किने चर्किने भएका छन्, पहाडी क्षेत्रमा पहिलो समेत खसेको छ, ग्रामीण क्षेत्रमा कहाँ के भयो क्षतिको कुनै विवरण भने प्राप्त हुन सकेको छैन । बझाङको तलकोट गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुमारी भण्डारीले नेपालट्युबलाई जानकारि दिनुभयो ।

पश्चिम नेपालसँगै भारतका सीमावर्ती क्षेत्रमा समेत भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पबाट भौतिक संरचना चर्किने, भत्किने, पहिरो खस्ने भएसँगै स्थानीय त्रसित भएर खुला क्षेत्रमा निस्किएका छन् । अहिलेसम्म भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त भइसकेको छैन । थप विवरण आउन बाँकी रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ