Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआईपीएल टिम राजस्थान रोयल्सको एकेडेमीमा कडा अभ्यास गर्दै नेपाली क्रिकेट टिम !

आईपीएल टिम राजस्थान रोयल्सको एकेडेमीमा कडा अभ्यास गर्दै नेपाली क्रिकेट टिम !


काठमाडौं । टी २० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली प्रतियोगिता खेल्नु अघि इन्डियन प्रिमियर लिग आईपीएलको टिम राजस्थान रोयल्स एकेडेमीमा १० दिने विशषे प्रशिक्षकमा ब्यस्त छ । मुख्य प्रशिक्षक मोन्टी देशाईको नेतृत्वमा कप्तान रोहितकुमार पौडेल सहितका खेलाडीले टी–२० विश्वकपमा छनोट हुने लक्ष्यसहित नागपुरमा पुगेर पसिना बगाएका हुन ।

कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोट खेल हुँदैछ । यही खेलको पूर्वतयारी स्वरुप शनिबार देखि इन्डियन प्रिमियर लिग आईपीएलको टिम राजस्थान रोयल्स एकेडेमीमा नेपाली टोलीले १० दिनेविशेष बन्द प्रशिक्षण सुरु गरेको छ । विश्व क्रिकेटको उर्वरभुमि भारतमा विशेष खालको सेवा सुविधा सहित नेपाली टोलीले मुख्य प्रशिक्षक मोन्टी देशाईको प्रशिक्षणमा कडा अभ्यास गरिरहेको नेपाल क्रिकेट एशोसियसन क्यान का सचिव पारस खड्काले जानकारि दिनुभयो । छ । रोहितकुमार पौडेल सहितका खेलाडीले मैदानमा पसिना बगाएको तस्बिर नेपाल क्रिर्केट संघ क्यानले सार्वजनिक गरेको छ । केहि दिन अघि मात्रै चीनमा जारी १९ औँ एसीयाली खेलकुदमा पदक जित्न असफल भएको नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ८ ओटा विश्व रेकर्ड राख्न भने सफल भएको थियो । नेपाली टोली क्वाटरफाइनलमा भारतसंग २३ रनको हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो । चीनको तितो अनुभवलाई ग्रहण गर्दै टी२० विश्वकप खेल्ने लक्ष्यसहित नेपाली टोलीले भारतीय भुमिमा विशेष खालको कडा अभ्यास
गरेको छ ।

नेपाल क्रिर्केट संघ क्यानले १० दिनको विशेष प्रशिक्षण सकेर नेपाली क्रिकेट टोली त्रिकोणात्मक सिरिज र विश्वकप छनोट खेल्न स्वदेश फर्किने जानकारि दिएको छ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि २० विश्वकप खेल्न पाउनेछन् । नेपाल उपाधिको प्रमुख दाबेदार टोली मानिएको छ । नेपाली टोली सन् २०१४ पछि पहिलो पटक टि २० विश्वकप खेल्ने लक्ष्यका साथ कडा मेहनत गरिरहेको छ ।

क्रिकेट समर्थकहरु घरेलु मैदानमा हुने टी २० विश्वकप छनोट हुँदै नेपालले विश्वकप खेल्ने विश्वाससहित प्रतिक्षा गरिरहेका छन् । विश्वकप छनोटअघि नेपालले युएई र हङकङसँग असोज ३० देखि कार्तिक ९ गते अर्थात् अक्टोबर १७ देखि २६ सम्म मुलपानी र टियु क्रिकेट मैदानमा त्रिकोणात्मक सिरिज खेल्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ