Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsइजरायलमा युद्ध चर्किदा १० जना नेपालीको मृत्यु, स्वदेश फर्किन चाहानेलाई यस्तो छ ब्यवस्था !

इजरायलमा युद्ध चर्किदा १० जना नेपालीको मृत्यु, स्वदेश फर्किन चाहानेलाई यस्तो छ ब्यवस्था !


एजेन्सी, काठमाडौं । हमासले इजरायलमाथि गरेको आक्रमणका कारण धेरै नेपालीहरु प्रभावित भएका छन् । अहिलेसम्म मात्रै हमासको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको र एक जना सम्पर्क बिहिन रहेको इजरायलस्थित नेपाली राजदूतावसले जानकारि दिएको छ ।

आक्रमणबाट घाइते नेपालीमध्ये ४ जना अस्पतालमा उपाचारत रहेका छन् । घटनमा परेका दुई जना भने सुरक्षित रहेको बताइएको छ । प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले १२ जना नेपाली सम्पर्कविहीन भएको जाकारि गराएको केही समयपछि नै दूतावासले हराएका नेपालीहरुको अवस्था बारेको विवरण सार्वजनिक गरेको थियो ।

इजरायलमा सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका क्रममा गएका ४९ जना मध्ये १७ जना गाजा क्षेत्र नजिकै किबुज अलिमिम भन्ने स्थानमा बस्ने गरेका थिए । गाजा क्षेत्रमा बाक्लो मात्रामा गोलाबारुद भैरहेको छ ।

यता, चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ‘कृषि कार्य अध्ययन कार्यक्रम’मार्फत इजरायल गएका विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा नेपालस्थित इजरायली राजदूतावास एवं इजरायलस्थित नेपाली राजदूतावासँग विश्व विद्यालयले आग्रह गरेको छ । संसद बैठकमा बोल्दै हरेक जसो दलका सांसदहरु, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलका नेताहरुले तत्काल इजरायमा रहेका नेपालीहरुलाई सुरक्षित गर्न जोखिम क्षेत्रमा रहेकालाई उद्धार गर्न ध्यानाकर्षण गराउँदैआएका छन् ।

स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था
इजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ । समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम शुरु गरिएको दूतावासले जनाएको छ । यसको लागि दूतावासको वेबसाइट हेर्न भनिएको छ ।

दूतावासका अनुसार यो लिंकबाट अनलाइन रजिस्ट्रेशन गर्न सकिन्छ
https://forms.gle/415GMXE2bZVEoBcR7

अहिले आफू रहेकै ठाउँमा सुरक्षित रहँदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासले अनुरोध गरेको । यस्तै दूतावासले सूचना निकालेर आक्रमणमा मारिएका १० जना नेपालीको शव ल्याउन पनि आवश्यक प्रबन्ध गरिने जनाएको छ । शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

९ सय ७० बढीको मृत्यु !
इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या छ सय जनाभन्दा धेरै पुगेको छ । इजरायली सेनाको जवाफी कारबाहीमा तीन सय ७० जना प्यालेस्टिनीको ज्यान गएको र दुई हजार दुई सय जनाभन्दा धेरै घाइते भएका छन् । शनिबार बिहान हमास विद्रोहीले इजरायलमा एक्कासी आक्रमण गरेपछि शुरु भएको युद्ध अहिले पनि जारी छ । दुवै पक्षबाट क्षेप्यास्त्र प्रहारसहित स्थलमार्गबाट गोलावारी भइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ