Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित, कारण यस्तो !

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित, कारण यस्तो !


काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायल र प्यालेस्टाइनबीच शुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको नेपालस्थित परराष्ट्र मन्त्रालयले जानकारि दिएको हो ।

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले असोज २६ गतेदेखि २९ गतेसम्म नेपाल भ्रमण गर्ने तय भएको थियो । गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रमसमेत तय गरिएको थियो । तर इजरायल घटनापछि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसकै पहलमा नेपाल भ्रमण स्थगित भएको बताइएको छ ।

केही समयमै इजरायल घटनापछि स्थगित गुटरेसको नेपाल भ्रमणको तालिका निर्धारण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल र प्यालेस्टाइन युद्ध प्रभावित क्षेत्रमा भएगरेका गतिबिधि माथी समेत संयुक्त राष्ट्रसंघले विश्लेषण गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ