Wednesday, 8 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल र जर्मनीबीच श्रम समझदारी, प्रशिक्षार्थी श्रमिकले जर्मन जान पाउने !

नेपाल र जर्मनीबीच श्रम समझदारी, प्रशिक्षार्थी श्रमिकले जर्मन जान पाउने !


काठमाडौं । नेपाल र जर्मनीबीच श्रम समझदारी भएसँगै प्रशिक्षार्थी श्रमिक लैजाने प्रक्रिया सुरु हुने भएको छ । जर्मनीका नागरिकसरह सेवा सुुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने विषयमा नेपाल र जर्मनी सरकारबीच द्विपक्षीय श्रम समझदारी भएको हो ।

जर्मनीमा भएको औपचारिक कार्यक्रममा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरतसिंह भण्डारी र जर्मनी सरकारको तर्फबाट मानव संसाधन मन्त्रालयका उच्च प्रतिनिधिबीच नेपालबाट शून्य लागतमा प्रशिक्षार्थी श्रमिक लैजाने विषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो । शुक्रवार मात्रै पनि युरोपेली देश रोमानियासँग श्रममन्त्री भण्डारी नेतृत्वको उच्चस्तरीय टोलीले द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

जर्मनीमा रोमानियामा जसरी श्रम स्वीकृति नभइ अनलाइन प्रणालीबाट आवेदन माग गरेर एकवर्षे प्रशिक्षार्थीका रूपमा कामदारहरु जान पाउने छन् । जर्मनीमा जाने प्रशिक्षार्थी श्रमिकले आफ्नो रुचि र क्षमता अनुसार सिप सिकेर पास भएपछि मात्रै सम्बन्धित क्षेत्रमा काम पाउनेछन् । समझदारी अनुसार जर्मनी जानका लागि विशेष क्षेत्र नतोकिएको र आवश्यकताका आधारमा आवेदन माग गरेर सबै क्षेत्रमा पठाउन खुुला गरिएको श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारि दिनुभएको छ । जर्मनी सरकारसँग भएको श्रम समझदारी अनुसार सरकारीस्तरबाट आवेदन माग गरेर पठाइने भएपनि नेपाल सरकारबाट गर्नुपर्ने आवश्यक तयारी बाँकी नै छ ।

जर्मनीस्थित नेपाली दूतावासका अनुसार अहिले जर्मनीमा झण्डै आठ हजार नेपाली बसोबास गर्दै आएका छन् । यीमध्ये अधिकांश उच्च शिक्षा अध्ययनका लागि पुगेर पछि त्यहीँ काम गरिरहेकाहरु छन् । पछिल्लो समय युरोपेली देशमा नेपालीको आकर्षण बढ्दै गएपछि सरकारले जीटुजी मार्फत कामदार पढाने प्रक्रियालाई तिब्रता दिइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ