Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsइजरायलमा रहेका नेपालीको उद्धारमा राष्ट्रिय ध्वजाबाहक विमान जाँदै, परराष्ट्र मन्त्री आफै जाने उडानको यस्तो छ समय तालिका

इजरायलमा रहेका नेपालीको उद्धारमा राष्ट्रिय ध्वजाबाहक विमान जाँदै, परराष्ट्र मन्त्री आफै जाने उडानको यस्तो छ समय तालिका


काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । नेपाल वायु सेवा निगमको वाइडबडी ए३३० जहाज बिहिबार बिहान साँढे २ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट हुँदै इजरायल जान लागेको हो ।

नेपाल एयरलाइन्सको बुधबार राति ११ बजेर ३० मिनेटका लागि दुबई उड्ने नियमित उडानकै वाइडबडी ए३३० जहाजलाई इजरायल दिउँसो पुग्नुपर्ने कारणले केही पछाडि धकेलेर २ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार उडान भर्न लागिएको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले नेपालट्युबलाई जाकनारि दिनुभयो । नेपालबाट नियमित उडानमा दुबई जाने यात्रुलाई सँगै लिएर उड्ने बिमानमा परराष्ट्रमन्त्री एनपी साउद समेत इजरायल जानुहुनेछ । यात्रुलाई दुबई झारेर इजरायलका लागि निगमको जहाजले रेस्क्यू उडान तय गर्नेछ । पहिलो उद्धार उडानमा स्वदेश फर्किन चाहेका २ सय ८८ जनालाई ल्याइने, प्रोटोकल समस्याका कारण तत्काल मृतक १० विद्यार्थीको शव ल्याउन नसकिने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारि दिनुभएको छ ।

यस्तो छ उद्धार उडानको समय तालिका
स्थानीय समय अनुसार २ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने जहाज ४ घण्टा ४० मिनेटको उडानपछि दुबईको स्थानीय समय अनुसार ५ बजेट २५ मिनेट जाँदा दुबईस्थित विमानस्थलमा अवतरण हुनेछ । दुबईको स्थानीय समय अनुसार ६ बजेर ४० मिनेटमा उड्ने जहाज ३ घण्टा ३० मिनेटको उडानपछि इजरायलको बेन गुरियन विमानस्थलमा अवतरण हुने उडान तालिका तय भएको छ । इजरायलको स्थानीय समय अनुसार ११ बजेट १० मिनेटमा उड्ने सो जहाज ३ घण्टा ५ मिनेटको उडानपछि पुनः दुबई र दुबईबाट स्थानीय समय अनुसार ४ बजेर ३० मिनेटमा उड्ने जहाज शुक्रबार राति १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । नेपाली राष्ट्रि ध्यजाबाहक बिमान नेपालबाट उडेको १५ घण्टामा इजरायबाट विद्यार्थीहरु स्वदेश आइपुग्नेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ