इजरायलबाट २५४ जना नेपाल आइपुगे,यस्तो देखियो माहौल !
![](https://www.nepaltube.com.au/wp-content/uploads/2023/10/Nepal-Airline-punya-ppp-e1697031722506.jpg)
काठमाडौं । इजरायलबाट २५४ जना नेपालीलाई उद्धार गरेल फर्किएको नेपाल वायु सेवा निगमको जहाज काठमाडौंमा अवतरण भएको छ । इजरायलस्थित गुरियन विमानस्थलबाट बिहीबार अपरान्ह उडेको जहाज शुक्रबार बिहान ३ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।
![](https://www.nepaltube.com.au/wp-content/uploads/2023/10/IMG_20231013_060804-scaled.jpg)
हमासको आक्रमणमा परी त्यहाँ इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको छ । आवश्यक प्रक्रिया पूरा गरेर शव नेपाल ल्याउन केही समय लाग्ने बताइएको छ । स्वदेश आउन पाएकाहरु खुसी हुँदा इजरायलमै रहेकाहरू उद्धारको पर्खाइमा छन् । स्वदेश फर्केका विद्यार्थीहरुले गोला,बारुद र रकेट प्रहारका आवाज अनि दृश्यले आतंकित बनाएको अवस्थाको स्मरण गराउदै जन्मभूमिमा सकुशल पाइपला टेक्न पाएकोमा खुसी व्यक्त गरेका थिए
तपाईको प्रतिक्रिया