नेपाल सरकारले यहि वर्षमा १० वटा जहाज किन्ने, खरिद प्रक्रिया दशैंअघि : मन्त्री किराँती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चालु वर्षमा १० वटासम्म विमान खरिद गरिने बताउनुभएको छ । आईतवार मन्त्रीनिवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा भैरहेको कालोबजारी नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै यस्तो प्रतिबद्धता गर्नुभएको हो ।
नेपाल वायुसेवा निगमले जहाज थपेर भाडादरमा देखिएको विसंगतिको बजार हस्तक्षेप गर्नु पर्नेमा मन्त्री किँरातीले जोड दिनुभयो । उहाँले १० वटासम्म जहाज नथप्दासम्म पर्यटकहरु नेपाल नआउने दाबी गर्नुभयो । दशैँअघि नै औपचारिक रुपमा विमान खरिद प्रक्रिया अघि बढ्ने बताउनुभएका मन्त्री किराँतीले उड्ययन क्षेत्रमा मनोमानी गर्ने छुट कसैलाई नभएको बताउनुभयो । नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दशैँभर सञ्चालन गरेर सुविधा दिने उहाँको प्रतिबद्धता थियो । उड्नुपर्ने २२ वटाको आवश्यकता छ, नियमित २ वटाले उडान भर्दा स्टल रुटमा उड्ने दुई वटा छन । हामी सम्पूर्ण शक्ति लगाएर जहाज खरिद प्रक्रियामा लाग्छौँ । खरिदको निर्णयमा हस्ताक्षर गरेपछि जेल परिन्छ भन्ने मान्यता बदल्नेगरि इमान्दार काम गरिन्छ । मन्त्री किराँतीले भन्नुभयो ।
यता, काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले चाडवाडको मौका छोपी कमाउ धन्दामा लाग्नेहरुलाई सरकारले नियमन गर्नुपर्ने बताउनुभएको छ । भारत जान ११ हजार तर नेपालकै सुर्खेत जाँदा १६ हजारसम्मको भाडादर, यो कस्तो भाडा दर हो ? मन्त्री किराँतीमाथी प्रश्न गर्नुभएका शेर्पाले मनोमानि नियन्त्रणमा सरकारको निगरानी पुग्नुपर्नेतार्फ ध्यानाकर्षण गराउनु भयो ।
भएको छ ।
तपाईको प्रतिक्रिया