टिकटक खुलाउन सर्वोच्चमा रिट, यसरी खुल्नसक्छ नेपालमा टिकटक
काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएका छन् । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णयले अभिव्यक्ति स्वतन्त्रकाको हनन भएको, संबैधानिक अधिकारी खोसिएको भन्दै निर्णय बदरको माग गर्दै सर्वोच्चमा अधिवक्ता त्रिपाठी, स्वागत नेपाल लगायतले रिट दर्ता गराएका हुन ।
र्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले अहिलेसम्म बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल लगायतले छुट्टाछुट्टै ६ वटा रिट निवेदनहरु पेश भएको जानकारि दिनुभयो । टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेमा खोसिएको रिट निवेदनमा जिकिर गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठी, नेपाल लगायतका अधिवक्ताहरुले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग रिट निवेदनमार्फत गरेका छन् । कानुन व्यवसायी र विधिको शासन स्थापित हुनुपर्छ भन्ने मान्यता राख्ने नागरिकका हैसियतले सरकारले चालेको गलत कदम रोक्न रिट दायर गर्नुपरेको जिकिर त्रिपाठी र नेपालले गरेका छन् । गत कात्तिक २७ को मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकबाट अस्लिलता प्रदर्शनका साथै पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव बिगार्ने काम भएको दाबी सरकारले गर्दै आएको छ ।
रकारले टिकटकले समाजलाई बिक्रित बनाएको दाबी गरिरहँदा सरकार बिरोध, आलोचनाबाट डराएको भन्दै आवाज उठिरहेको छ । टिकटकले नेपालमा दर्ता भएको नियमनमा सहकार्य गर्ने प्रतिबद्धता भएको बारे पठाएको पत्र, चौतर्फी भैरहेको बिरोध र अभिव्यक्ति स्वतन्त्र लगायतका संबैधानिक हक खोस्न नपाईने संबैधानिक बाध्यताका कारण सरकार प्रतिबन्ध खुलाउन बाध्य हुने आँकलन भैरहेको छ । यसअघी नै पप्जी बन्द गर्ने निर्णय सर्बोच्च अदालतले उल्टाइदिएको नजिरका कारण समेत टिकटक सहजै खुल्ने विश्वास गरिएको छ । रिट निवेदकको मागदाबी अनुसारको फैशला आउने आशामा मुद्धा जित्ने होडमा कानुन व्यवसायीहरु एक्लै एक्लै रिट बोकेर सर्वोच्च पुगिरहेका छन् ।
तपाईको प्रतिक्रिया