Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News८ किलो सुन सहित साहुजी पक्राउ प्रकरण, यसरी हुँदैछ अनुसन्धान

८ किलो सुन सहित साहुजी पक्राउ प्रकरण, यसरी हुँदैछ अनुसन्धान


काठमाडौं । प्रहरीले न्यूरोडको एक सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय,बानेश्वरको टोलीले ७ किलो ८ सय ग्राम सुनसहित ओमपाल गोल्ड शपका सञ्चालकलाई पक्राउ गरेर आवश्यक कानुन कारबाही अघि बढाएको हो ।

तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेको बताइएको छ। बरामद केही सुन ढिक्कामा थिए भने केही गहना बनाईसकेको अवस्थामा प्रहरीले बरामद गरेको बताइएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले सुन कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभय‍ो । नेपाललाई ट्रान्जिट बनाएर भारतमा तस्करीको सुन जाने गरेको पाईएपछि प्रहरीले निगरानी बढाएको छ ।

यसअघि प्रहरीले साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । त्यसअघि विद्युतीय सिगरेट (भेप) मा लुकाएर समेत ९ किलो सुन तस्करी भएको सुन बरामद भएको थियो । यी तस्करी प्रकरणहरुबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति नै बनाएर अध्ययन गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ