Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसुर्तीजन्य उत्पादनमा प्रतिबन्ध लगाउन संसारभरका सबै देशलाई डब्ल्यूएचओको आग्रह !

सुर्तीजन्य उत्पादनमा प्रतिबन्ध लगाउन संसारभरका सबै देशलाई डब्ल्यूएचओको आग्रह !


काठमाडौं,एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले संसारभरका सबै देशहरूलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोट (भेप) को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको  उल्लेख गर्दै सुर्तिजन्य पदार्थको कुलत रोक्न यस्तो आग्रह गरेको हो ।

सुर्तीजन्य पदार्थसँगै ई–चुरोटले युवालाई गलत लतको सिकार बनाउँदै लगेको दाबी गर्दै डब्ल्यूएचओले अब प्रतिबन्धको कदम चाल्न ढिलाई हुने बताएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले १३–१४ वर्षका अधिकांश बालबालिकाहरूले ई–सिगरेट प्रयोग गरिरहेकाे भन्दै उनीहरू निकोटिनको लतमा परेकाे बताउनुभयो ।

युवाहरूको स्वास्थ्य जोगाउन सबै जिम्मेवारीसहित गम्भीर बन्न जरुरी भएको डब्ल्यूएचओले उल्लेख गरेको छ । डब्ल्यूएचओको आह्वान पूर्व नै धेरै देशले उमेर समूह तोकेर प्रतिबन्धको कदम चालिसकेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ