Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरुसमा ज्यान गुमाउने नेपालीको संख्या ८ पुग्यो, रोकिएन मानव तस्करी र भर्ती !

रुसमा ज्यान गुमाउने नेपालीको संख्या ८ पुग्यो, रोकिएन मानव तस्करी र भर्ती !


काठमाडौं । रुसी सेनामा कार्यरत थप एक नेपालीकाे ज्यान गएसँगै रुस युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ८ पुगेको छ । परराष्ट्र मन्त्रालयले बुधवार प्रेस विज्ञप्ति निकालेर रुसी सेनामा कार्यरत नेपाली कुन्दनसिंह नागलकाे ज्यान गएकाे जानकारी दिएकाे हाे । युद्धका क्रममा यसअघि नै ७ जना नेपाली युवाको मृत्यु भैसकेको छ ।

यस्तै नेपाल सरकारले युक्रेनमा बन्धक भएका बर्दियाकाे राजापुर–१ का विवेक खत्री, काभ्रेकाे मण्डनदेउ–६ का सिद्धार्थ ढकाल, माेरङकाे लेटाङ–६ का विकास राई र राेल्पाकाे रुन्टिगढी–८ का प्रतीक पुनकाे शीघ्र रिहाई गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कुटनीतिक माध्यमबाट अनुरोध गरिरहेको छ । निधन भएका नेपाली नागरिककाे शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायतका पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन राजदूतावास मार्फत समेत पहल भैरहेको छ । यता, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपालीलाई तत्काल स्वदेश फर्काउन राजदूतमार्फत रुसी सरकारलाई पटकपटक सरकारले अनुरोध गरेपनि भर्तीको क्रम रोकिएको छैन ।

नेपाली युवालाई मानव तस्करीको शैलीमा रुस पठाउने गिरोहमाथी प्रहरीको एक्सन
रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका ६ जनाको मृत्यु भएपछि सरकारले अवैधरूपमा पठाउने गिरोहबारेको अनुसन्धानलाई तिब्रता दिएको छ । सुरुवाती चरणमा १३ जनालाई पक्राउ गरेको प्रहरीले पछिल्लो २ दिनमा थप ४ जनालाई नियन्त्रणमा लिएको छ । रुसको सैनिकमा भर्ना गर्ने प्रलोभनमा मानव तस्करी गर्ने गिरोहबाट प्रहरीले ४३ वटा नेपाली राहदानी समेत बरामद गरेको घटनाले निकै ठूलो संख्यामा नेपाली पुगेको र जाने क्रम समेत तिब्र रहेको आफै पुष्टि गरेको छ । यता, उजुरी दिन पीडितले चासो नदिँदा पक्राउ आरोपितक‍ मुद्दा कमजोर बनेको छ । पहिलो चरणमा पक्राउ १२ जनाविरुद्ध अभद्र व्यवहार कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ