अमेरिकाको नयाँ ट्राभल एडभाइजरी : नेपाल भ्रमण गर्दा सावधानी अपनाउन आग्रह
काठमाडौं । अमेरिकाले नयाँ ट्राभल एडभाइजरी जारी गर्दै नेपालमा भ्रमणमा गर्ने आफ्ना नागरिकलाई सावधानी अपनाउन सचेत गराएको छ । अमेरिकी विदेश मन्त्रालयले पुस २ मा एडभाइजरी जारी गर्दै नेपालमा अझै पृथक् राजनीतिक हिंसाको सम्भावना रहेकाले यात्रा गर्दा सावधानी अपनाउन आफ्ना नागरिकलाई सचेत गराएको हो ।
भ्रमण तय गरिसकेकाको हकमा पनि एक्लै पदयात्रा वा आरोहण नगर्न सुझाव दिइएको छ । जोखिमका सूचकहरूको आवधिक समीक्षापछि पछिल्लो ट्राभल एडभाइजरी जारी गरिएको अमेरिकी विदेश मन्त्रालयले उल्लेख गरेको छ । अमेरिकाको नेपाललक्षित पछिल्लो ट्राभल एडभाइजरीलाई लेभल–२ भनिएको छ । जसको अर्थ नेपाल यात्रा गर्दा सावधानी अपनाउनुपर्ने भन्ने हुन्छ ।
अमेरिकाको नेपाललक्षित ट्राभल एडभाइजरीमा यस्तो छ :
पृथक् राजनीतिक हिंसाको सम्भाव्यताका कारण नेपाल यात्रा गर्दा सावधानी बढाइएको छ । शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुन सक्छन् र नेपाली (सुरक्षा) अधिकारीहरूले बल प्रयोग गर्न सक्छन्,’ ट्राभल एडभाइजरीमा भनिएको छ । विदेश मन्त्रालयले आफ्ना नागरिक कसैले नेपाल भ्रमण गर्ने निर्णय गरेको भए प्रदर्शन र भीडबाट बच्न, नेपालका निकुञ्ज वा संरक्षित क्षेत्रहरूमा पदयात्रा गर्दा एकल वा विदेशी स्वतन्त्र यात्रीलाई स्थानीय गाइड वा भरिया प्रयोग गर्नुपर्ने नेपालका सरकारी आवश्यकता पूरा गर्न एडभाइजरीमार्फत सुझाब दिइएको छ ।
अमेरिकी विदेश मन्त्रालयले नेपाल भ्रमणका लागि गत असार ८ मा ल्याएको ट्राभल एडभाइजरी ६ महिनापछि अद्यावधिक गर्दै नयाँ ल्याएको हो । कुनै पनि मुलुकले आफ्नो ट्राभल एडभाइजरी ल्याउनु वा फेरबदल गर्नुलाई स्वाभाविक मानिन्छ । तर नेपालमा अहिले कुनै पनि विदेशी नागरिकमाथि आक्रमण नभएको र सामान्य अवस्थामा किन यस्तो ट्राभल एडभाइजरी जारी गरियो ? यसले भने नेपाल प्रतिको नजरमा नकारात्मक प्रभाव पार्नसक्छ । अमेरिकीहरूले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा आउदन जानकारी दिनु स्वाभाविक भएपनि नेपाली दूतावास वा नेपाल सरकारले पहल गर्दै यसबाट पर्नसक्ने नकारात्मक प्रभाव रोकेर नयाँ अपडेट गर्न सकिन्छ ।
पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले हिंसात्मक घटना, जोखिम बढाउनेगरि ठूला राजनीतिक सभा सम्मेलन नभएको समयमा किन यस्तो ट्राभल एडभाइजरी जारी भयो ? यश बारे नेपाल सरकार अमेरिकी सरकारसँग र परराष्ट्र मन्त्रालयले अमेरिकी राजदूतलाई बोलाएर नेपाल सुरक्षित रहेको बारे विश्वस्त पारेर ट्राभल एडभाइजरी सच्याउ सुझाब दिनुभएको छ ।
तपाईको प्रतिक्रिया