Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsएनआरएनए अष्ट्रेलिया विरुद्धको मुद्दा फिर्ता । सात बुँदे सहमति

एनआरएनए अष्ट्रेलिया विरुद्धको मुद्दा फिर्ता । सात बुँदे सहमति


मेलवर्न
सदस्यको व्यक्तिगत विवरण दुरुपयोग गरेको भन्दै गैर आवासिय नेपाली संघ अष्ट्रेलियाविरुद्ध अष्ट्रेलियाको उच्च अदालतमा मुद्दा परेको मुद्दा फिर्ता भएको छ ।
मुद्दा दर्ता गर्ने समुह र गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका पदाधिकारीबिच भएको सहमतिपछि मुद्दा फिर्ता भएको हो । छलफल एनआरएनए अष्ट्रेलियाको संरक्षक परिषद्को पहलमा भएको हो ।
विवादित विषयमा एनआरएनए अष्ट्रेलियाले गम्भिरताका साथ अनुसन्धान गर्ने सहमति भएको हो । त्यस्तै आन्तरिक शुद्धिकरणलाई समेत जोड दिने सहमति भएको छ ।
मुद्दा फिर्तापछि जारी प्रेस नोटमा भनिएको छ-‘ऐतिहासिक सहमति बैठकमा एनआरएनए सुद्धिकरणका निम्ति मुख्य ४ बिषयमा र विभिन्न ७ बुंदाहरुमा सहमति भएको छ। यो सहमति, एनआरएनएको अभियानमा कोशेढुंगा साबित हुनेछ भन्ने हामीले बिश्वास लिएका छौ ।’

एनआरएनए अष्ट्रेलियाको पछिल्लो निर्वाचनमा फर्जि सदस्यता वितरण गरेको, संस्थाको विधान विपरित निर्वाचन गराएको, र राजनीतिक आस्थाको आधारमा प्यानल बनाएर चुनाव लडेको समेत आरोप लगाइएको थियो ।
चुनाव हुनु अघिदेखि नै निर्वाचन प्रकृया, सदस्यता वितरण तथा व्यक्तिगत विवरणको दुरुपयोगको छानविनको माग राख्दै आएको समुहले नै भिक्टोरिया राज्यको उच्च अदालतमा मुद्दा दर्ता गरेको थियो । ३२ जना सदस्यहरुको तर्फबाट कानुन व्यवसायीले गत अगष्ट ९ तारिखमा मुद्दा दर्ता गरेका हुन् । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ