Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपुर्पक्षका लागि जेल पुगेका कथित तपस्वी बम्जन के गर्दै छन?

पुर्पक्षका लागि जेल पुगेका कथित तपस्वी बम्जन के गर्दै छन?


काठमाडौं । धेरैका लागि चासो छ, सर्लाही जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि महोत्तरी कारागार पठाइएका कथित तपस्वी रामबहादुर बम्जन के गर्दै होलान भन्ने । बम्जन कारागारभित्र साकाहारी भोजन खाएर सामान्य जीवनयापन जसरी साधु सन्तसित बस्दै आउनु भएको छ ।

कारागार पुगेको पहिलो रात कारागारभित्रै बनाइएको राधाकृष्ण मन्दिरमा नै रात बिताउनुभएका बम्जनले नियमित नुवाईधुवाइ नगरेर पहिलो पटक शुक्रवार नुहाउनुभएको थियो । बम्जनले सुत्नका लागि खाटको माग गरेको भएपनि दिन नसकिएको र कारागारमा रहेका अन्य कैदीसरह सामान्य जीवन बिताउने गरेको कारागार प्रमुख रामचन्द्र साहले बताउनुभयो । महोत्तरी कारागारभित्र ६/७ जना साधु सन्त छन्। बम्जन उनीहरूसँगै शाकाहारी खाने गर्नुहुन्छ । बम्जनप्रति कारागारमा रहेकाअन्य कैदीहरूको भने उत्सुकता रहेको देखिन्छ । कैदीहरूले बम्जनको जीवनशैलीप्रति उत्सुकता देखाउनेगरेका छन् ।

महोत्तरी कारागारमा बम्जनसहित ५९८ जना कैदी रहेका छन्। कारागार पुगेकाहरु मध्ये बम्जन मात्रैले पहिलो पटक कारागारभित्र सुत्नको लागि खाटको माग गर्दा समेत उपलब्ध गराउन नसकिएको कारागार प्रशासनले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ