Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबाग्लुङमा दुर्गा प्रसाईंमाथि कुटपिट, आक्रमणकारी पक्राउ गरेर कारण खोल्दै प्रहरी !

बाग्लुङमा दुर्गा प्रसाईंमाथि कुटपिट, आक्रमणकारी पक्राउ गरेर कारण खोल्दै प्रहरी !


काठमाडौं, बाग्लुङ । बाग्लुङमा कार्यक्रम गर्न पुग्दा दुर्गा प्रसाईंमाथि कुटपिटको प्रयास गर्ने एक जना पक्राउ परेका छन् । भिडभाडमा मेडिकल व्यवसायी समेत रहनुभएका प्रसाईंमाथी कुटपिट गर्न लागेको अवस्थामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डीएसपी मदन केसीले हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरिएको जानकारि दिनुभयो । बाग्लुङमा जुत्ता पसल चलाउँदै आउनुभएका गौतमले कुटपिट गर्नुको कारण बारे प्रहरीले खोजि गरिरहेको छ । अझसम्म कारण खुलेको छैन । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रम गर्दैआएका छन् । बैंकको चर्को ब्याज, ऋणीको धितो हत्याउने खेलोमेलो, ठूला व्यवसायीको आर्थिक सिण्डिकेटका बिरुद्ध खरो रुपमा बिरोध गर्दै आएका प्रसाईंले केही महिना अघि व्यवस्था पल्टाउने अभियान भन्दै काठमाडौंमा आन्दोलन समेत गर्नुभएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेत विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएका प्रसाईंमाथी यसअघि युवा संघले कालो मोसो समेत दलेको थियो । कार्यक्रममा क्रममा भएको आक्रमण प्रयास आफ्नै डिजाईन थियो वा एमालेसँग लिएको प्रतिशोधको बदला ? अब चासो यतातर्फ सोझिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ