Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा पिजा डेलिभरी गरिरहेका नेपाली विद्यार्थीमाथी कुटपीट, सबै सचेत बनौँ !

अष्ट्रेलियामा पिजा डेलिभरी गरिरहेका नेपाली विद्यार्थीमाथी कुटपीट, सबै सचेत बनौँ !


ब्रिजबेन । अष्ट्रेलियामा पिजा डेलिभरी गरिरहेका नेपाली विद्यार्थीमाथी कुटपीट भएको छ । दुईदिन अघि नर्दन टेरिटोरीको डार्बिन सहरमा एक पीजा पसलमा काम गर्ने नेपाली विद्यार्थीमाथी कुटपीट गरेर लुटेरा समुहले स्कुटर समेत लुटेर लगेको हो ।

नर्दन टेरिटोरीको डार्बिन शहरमा ११ बजे राती पीजा पुर्याउन जादैगर्दा ५, ६ जनाको समूहमा आएका युवाको समुहले कुटपीट गरेर स्कुटर समेत लुटेर भागेको पीडित विद्यार्थीले बताउनुभएको छ । यी विद्यार्थी ६ महिना अघि मात्रै अध्ययनका लागि अष्ट्रेलिया आइपुग्नुभएको थियो । प्रहरीले भोलिपल्ट फालिएको अवस्थामा स्कुटर फेला पारेर पीडित विद्यार्थीलाई लिन बोलाएको छ । डार्बिन क्षेत्रमा नर्दन टेरिटोरी प्रहरीको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा कुटपीटका २८ सय घटना दर्ता भएका छन भने ९ सय चोरीका घटना भएका छन् । डार्बिन क्षेत्रमा रातीको समयमा कुटपीट र चोरीका घटना धेरै भएको भन्दै स्थानीयले बारम्बार शान्ति सुरक्षाको माग समेत गर्दै आइएको छ ।

तपाई रातीको समयमा यात्रा गर्दै हुनुहुन्छ ? कुनै काम गर्दै यात्रामा निस्किनुहुन्छ भने सचेत हुनुहोस् । यस्ता जोखिममा परेमा प्रहरीलाई तत्काल खबर गरेर सुरक्षित रहनुहोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ