नरेश अग्रवाल पक्राउसम्बन्धि समाचारमा भूलवस फ्रेड का उपाध्यक्षको फोटो पर्न गएकोमा सच्चाईएको !
काठमाडौं । राजश्व अनुसन्धान विभागले कपडा व्यवसायी नरेश अग्रवालसहित तीन व्यक्ति पक्राउ गरेको समाचारमा भूलवस नेपाल फ्रेड फरवार्डर्स एसोसिएसन (फ्रेड) का उपाध्यक्षको फोटो प्रकाशन भएकोमा क्षमायाचनासहित सच्चाईएको छ । नेपालका धेरै अनलाइन मिडियामा फोटो प्रकाशन भएको आधारमा राखिएको फोटो हटाउदै आगामी दिनमा गर्ती नदोहोर्याउने प्रतिवद्दता गर्दछौं ।
यता, फ्रेडले अग्रवाल हुण्डी र क्रिप्टो कारोवारीको आशंकामा प्रकाशित समाचार सामाग्रीमा राखिएको फोटो आफ्नो संगठनका उपाध्यक्ष नरेश अग्रवालको भएको भन्दै सच्याउन आग्रह गरेको छ । फोटो हटाइ, गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउन भन्दै प्रेस काउन्सिलमा निवेदन समेत दिएको छ ।
गत बिहिवार राति क्षेत्रपाटी घर भएका कपडा व्यवसायी नरेश अग्रवालसहित ३ जनालाई राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियोे । सुराकी पछ्याएको टोलीले हुण्डी कारोवार गर्दैगर्दा पक्राउ अग्रवालमाथी म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया