Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभिजिट तथा पर्यटक भिसामा विदेश जाँदै हुनुहुन्छ ? अब यस्तो छ नियम !

भिजिट तथा पर्यटक भिसामा विदेश जाँदै हुनुहुन्छ ? अब यस्तो छ नियम !


काठमाडौं । सरकारले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजात र पालना गर्नुपर्ने सर्त बारे नयाँ कार्यविधि जारी गरेको छ । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले आधारभूत शर्त पुरा गर्नेहरू भिजिट भिसामा विदेश जान पाउँनेगरि नयाँ कार्यविधि जारी भएको जानकारी दिनुभएको हो ।

माघ १० देखि लागू हुने गरी अध्यागमन विभागले भिजिट भिसामा जाँदा कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी, सम्बन्धित देशको भिसा चाहिने र अन एराइभन भिसा पाइने मुलुकको हकमा त्यस्तो भिसा नचाहिनेगरि कार्यविधि तय गरेको छ । भिजिट भिसामा विदेश जाने अनुमति पाउन दुईतर्फी (जाने र आउने) हवाई टिकट अनिवार्य गरिएको छ । भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र देखाउनुपर्नेछ । भ्रमण अवधिको सबै खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेविट/क्रेडिट कार्ड) अनिवार्य गरिएको छ । यता, संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा फारम भर्नुपर्ने भएको छ ।

महानिर्देशक तामाङले घुम्ने र परिवार भेट्न जाने यात्रुहरुले सेटिङको नाममा कुनै पनि विचौलियाहरुलाई रकम बुझाएर विदेश यात्रा नगर्नु हुन र भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्नु हुन सबैमा अनुरोध गर्नुभएको छ ।

भिजिट भिसामा भ्रमण गर्दा नेपाली यात्रीहरुले अपनाउनु पर्ने यात्रा सल्लाह (ट्राभल एड्भाइजारी) :

यता, मंगलबार मात्रै भिजिट भिसामा विदेश जान लागेका ८४ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाट फिर्ता गरेको थियोे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले भिजिटको उद्देश्य पुरा नभएका र कागजात नपुगेका यात्रुलाई विदेश जानबाट रोक लगाइएको बताउनुभयो । कतार, दुबई, बहराइन लगायतका देशमा भिजिट भिसालाई दुरुपयोग गरेर पठाउने र विदेशमा यात्रु बिचल्लीमा पर्नेगरेको गुनासो बढेपछि अध्यागमन विभागले कडाइ गर्दैआएको छ



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ