Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपाली वृत्तचित्रले सिड्नीमा जित्यो अन्तर्राष्ट्रिय अवार्ड

नेपाली वृत्तचित्रले सिड्नीमा जित्यो अन्तर्राष्ट्रिय अवार्ड


सिड्नी

अपाङ्गता सम्बन्धि एक नेपाली वृत्तचित्रले अष्ट्रेलियाको एक अन्तराष्ट्रिय चलचित्र महोत्सवमा अवार्ड जितेको छ ।

फिल्मकर्मी शान्ता नेपालीले बनाएको छोटो वृत्तचित्र ‘नथिङ ईज ईम्पोसिवल’ ले अन्तराष्ट्रिय विधा अन्तरगर्त अवार्ड पाएको हो ।
सिड्नीमा नोभा ईम्प्लोईमेन्टले आयोजना गरेको ‘फोकस अन एबिलिटी’ नामक चलचित्र महोत्सवमा उही विधामा अन्य ५ वटा वृत्तचित्र पनि छनोटमा परेका थिए ।
छनोटमा परेका वृत्तचित्रबिच एक महिनासम्म गरिएको अनलाईन भोटिङबाट नेपालीको वृत्तचित्रले बाजी मारेको हो ।
विजयी भएपछि नेपाल ट्युबसंग कुरा गर्दै शान्ताले भनिन् -‘वृत्तचित्र मार्फत नेपाल चिनाउन पाएकोमा गर्व लागेको छ’।

 

अवार्ड ग्रहण गरेपछि सिड्नीमा शान्ता

वृत्तचित्रमा अफगानिस्थानको युद्धमा दुबै खुट्टा गुमाएका वेलायती सैनिक हरि बुढामगरको संघर्ष र आत्मविश्वासको कथा समेटिएको छ । रुकुमका बुढामगरले सन् २०११ मा खुट्टा गुमाएका हुन् । अचानक खुट्टा गुमाउदाको पीडा र त्यहि पीडालाई शक्तिमा बदलेर केही गर्न अठोट लिएका बुढामगर सन् २०२०मा सगरमाथा चढ्ने तयारीमा छन् ।
बुढामगरले यसअघि मनाङ्मा रहेको ६ हजार मिटर अग्लो हिमाल र फ्रान्सको ४८ सय मिटरको माउण्ट ब्लंक हिमाल चढिसकेका छन् । चलचित्रकर्मी शान्ताले उनीसंगै हिमाल चढेर त्यो साहसिक क्षणलाई क्यामेरामा कैद गरेकी छिन् ।

शारीरिक रुपमा असक्त भएर पनि संसार बदल्न सकिन्छ भन्ने सन्देश दिनका लागि ११ वर्षदखि हरेक साल सिडनीमा फोकस अन एबिलिटी चलचित्र महोत्सव हुदै आएको छ ।

को हुन् शान्ता नेपाली

पुर्वी नेपाल धरानमा हुर्के बढेकी शान्ता सुरुवाती समयमा टेलिभिजन र रेडियोमा संवाददाताको रुपा काम गर्थिन् । पर्यटनमा स्नातक शान्ताले आफ्नो करियर भने फोटोग्राफी र वृत्तचित्र निमार्णमा बनाएकी छिन् ।


पर्यटन प्रवर्धनका लागि नेपालको कुनाकुना पुगेर भिडियो बनाईरहेकी शान्ताको वृत्तचित्र नेपालको राष्ट्रिय टेलिभिजनदेखि डिस्कभरी, एनिमल प्लानेट र ट्राभल च्यानलजस्ता टेलिभिजनहरुमा समेत प्रशारण भईसकेको छ ।
आफ्नै शान्ता नेपाली प्रोडक्सन हाउस समेत संचालन गरिरहेकी शान्ता नेपाली वृत्तचित्र क्षेत्रकी शसक्त गहना हुन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ