Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयुरोप छिर्न खोज्दा ठगिए ६ सय बढी युवायुवती, करोडौँ ठग्ने ठग प्रहरी फन्दामा !

युरोप छिर्न खोज्दा ठगिए ६ सय बढी युवायुवती, करोडौँ ठग्ने ठग प्रहरी फन्दामा !


काठमाडौं । माल्टा लगायतका युरोपेली देशमा पठाइदिने भन्दै ६ सय बढीलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । काठमाडौंको बालाजुमा यूरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरी विकाश वाईवाको नक्कली परिचय पत्र बनाएर करोडौँको ठगीमा संलग्न रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेर सर्वजनिक गरेको हो ।

माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगायतका देशमा पठाइदिने भन्दै ६०० बढी सर्वसाधारणबाट ५० हजारदेखि ५ लाखसम्म ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ठगीको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ति मेनपावर वसुन्धरामा ५० लाख बराबरको सेयर किनेको र ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको पाइएको छ । यस्तै आफ्ना भाइको खातामा साढे १५ लाख जम्मा गरेको, जलविद्युत सहकारीबाट लिएको १५ लाख ऋण तिरेको र ५ लाखमा सुनको ब्रासलेट समेत खरिद गरेको प्रहरी अनुसन्धानका क्रममा देखिएको छ । माघ १७ गते यी ठग प्रहरीको फन्दामा परेका थिए ।

प्रहरीका अनुसार अहिलेसम्म ७० जनाले मुद्दा दर्ता गरेका छन् । ६ सय ठगिएकोमा ७० जनाको उजुरीका आधारमा नै ३ करोड २५ लाख २२ हजार बिगो देखिएको छ । सबैको उजुरी आउँदा यो ठगी ठूलो हुने देखिएको छ । उनी एक्लैले यति ठूलो ठगी गरे की यो ठगीमा गिरोहकै संलग्नता छ भन्ने बारे प्रहरीले थप अनुसन्धान थालेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ