Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsडीभीले डुबायो : नक्कली सर्टिफिकेट बनाएर अमेरिका छिर्न खोज्दा १० जना पक्राउ !

डीभीले डुबायो : नक्कली सर्टिफिकेट बनाएर अमेरिका छिर्न खोज्दा १० जना पक्राउ !


काठमाडौं । एसएलसी र प्लस २ को नक्कली प्रमाण पत्र बनाएर अमेरिका जान लागेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलेक्ट्रोनिक डाइभर्सिटी लट्री २०२३ को नतिजामा लट्री परेको तर आवश्यक शैक्षिक योग्यता नपुगेपछि त्यसका लागि एसएलसी र प्लस २ को नक्कली प्रमाण पत्र बनाइएको पाईएपछी १० जना पक्राउ परेका हुन ।

प्रहरीले विवके उपाध्यायसहित ३ जनालाई अमेरिकन दूतावासको समन्वयमा मंगलबार दूतावासबाटै पक्राउ गरेको थियो । बाँकी ७ जनालाई गोप्य सुराकीको आधारमा काठमाडौंका विभित्र स्थानबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभएको हो ।

पक्राउ पर्नेमा सबैला १२ घर भइ हाल चावहिल बस्ने ४२ वर्षीय विवेक उपाध्याय, मकवानपुर मनहरु ९ घर भइ हाल चितवन बस्ने ३३ वर्षीया भगवती उप्रेती, लमजुङ बेशीशहर ५ घर भइ हाल ललितपुर बस्ने २४ वर्षीया रोना गुरुङ, ललितपुरका २५ वर्षीय संजय महर्जन, चितवन भरतपुर १२ घर भएका हाल नक्साल बस्ने २५ वर्षीय सुमन ढकाल रहेका छन् । यस्तै, सिरहा स्थायी ठेगाना भइ हाल सुर्यविनायक भक्तपुर बस्ने २९ वर्षीय सक्षम अर्याल, सर्लाही लालबन्दी ४ घर भइ हाल धुम्बाराही बस्ने ३५ वर्षीय सुरज अधिकारी, दोलखा चरिकोट ९ घर भएका हाल ललितपुर बस्ने २६ वर्षीय अशोक श्रेष्ठ, पर्सा वीरगञ्ज १० घर भइ हाल बानेश्वर बस्ने २८ वर्षीय पुरुषोत्तम मल्लिक र सर्लाही हरिवन ९ का २६ वर्षीय स्वर्णिम दाहाल रहेका छन् ।

पक्राउ सबैमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धि कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । प्रहरीले थप अनुसन्धान गरेर अदालतमा मुद्दा पेश गर्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ