Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकिन दिए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी चन्दले राजीनामा ?

किन दिए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी चन्दले राजीनामा ?


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुखको भुमिकामा रहनुभएका डीआईजी अर्जुन चन्दले राजीनामा दिनुभएको छ । प्रहरी प्रधान कार्यालयले औपचारिक रुपमा राजीनामाको जानकारी आइनसकेको बताएपनि डीआईजी चन्द स्वयमले व्यक्तिगत कारणले राजीनामा दिएको जानकारी गराउनुभएको हो ।

व्यक्तिगत कारण भनिएपनि आफू मातहतका प्रहरी कर्मचारी र अध्यागमन अधिकृत बिचको कुटाकुट र बिवाद नै मुख्य कारण रहेको आँकलन गरिएको छ । चन्दले १३ वैशाख बाट विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियोे । कतिपय प्रहरी अधिकृत नै सेटिङ र अबैध असुलीमा साझेदार बन्दा सरल र इमान्दार स्वभावका चन्दले आफ्नै कर्मचारी माथिको दुर्व्यवहार र गलत धन्दा सहन नसकेर राजीनामा दिएको भन्दै टिकाटिप्पणी गर्न थालिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति डीआईजी चन्द असन्तुष्ट रहेको विमानस्थलका अधिकृतहरुले नै बताएका छन् ।

समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गर्दा चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गलत नगरेको दाबी गर्दै आउनुभएको थियोे । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आईजीपी वसन्त कुँवरले सहयोग नगर्दा आफ्नै मातहतका कर्मचारी कारबाहीमा परेपछि डीआईजी चन्दले नैतिकताको आधारमा राजीनामा दिनुभएको बताइएको छ ।

चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत भएकाले राजीनामा नदिएको भए ३० वर्षे सेवा अवधिका आधारमा २०८१ चैतसम्म प्रहरी सेवामा रहनुहुन्थ्यो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ