Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा समेत बढ्दै विदेशी कामदार, सबैभन्दा धेरै चिनियाँ नागरिक

नेपालमा समेत बढ्दै विदेशी कामदार, सबैभन्दा धेरै चिनियाँ नागरिक


काठमाडौं । रोजगारीका लागि नेपाल आउने आप्रवासी श्रमिकको संख्या बढ्दो क्रममा रहेको पाइएको छ । गत आर्थिक वर्ष २०७९–८० को छ महिनाको तुलनामा चालुु आर्थिक वर्ष २०८०–८१ को ६ महिने अवधिमा रोजगारी खोज्दै नेपाल आउने विदेशीको संख्या बढेको हो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालु आवमा विदेशी विकास साझेदारले सञ्चालन गरेका परियोजना तथा प्रतिष्ठानमा काम गर्न एक हजार १ सय ४१ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका छन् । गत वर्षको साउनदेखि पुस महिनासम्म श्रम स्वीकृति लिनेको संख्या ९ सय १८ थियो । विभागका अनुसार नयाँ श्रम स्वीकृति लिने ४ सय ६७ जना रहेका छन् भने श्रम नवीकरण गर्ने ६ सय ६३ जना रहेका छन् । नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका लागि करिब ८० देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँँ नागरिक छन् । भारतीय नागरिकको संख्या उल्लेख्य भएपनि बैधानिक मान्यता भएका आप्रवासी श्रमिकको सरकारी तथ्यांकमा भने चिनियाँले टपेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ