टि–२० त्रिकोणात्मक सिरिजमा नामिबियामाथी नेपालको रोमाञ्चक जित, करण बने नायक !
काठमाडौं । टि–२० त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । नामिबियाविरुद्धको दोस्रो टी—२० म्याचमा नेपालले ३ रनको रोमाञ्चक जित हात पारेको हो ।
नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रनमा सिमित भयो । अन्तिम ओभरमा नामिबियालाई जितका लागि १२ रन आवश्यक रहेको समयमा नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गरे । करणले अन्तिम ओभरमा ७ रन दिदै एक विकेट लिएर उत्कृष्ट बलिङ गरेपछि नेपालको जीत सम्भव भएको थियो । नामिबियाका जेजे स्मिटले सर्वाधिक ५० रन बनाए । जान फ्रिलिंकले ३७, जेपी कोट्जेले २५, माइकल भान लिंगेनले १०, मलान क्रुगरले ३, रुबेन ट्रम्पलम्यान १४ को योगदान दिदा जान निकोल लोफ्ट इटोन शुन्य रनमा आउट भए । जेन ग्रीन २३ रनमा अविजित रहे । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीले २–२ विकेट लिए । करण केसी र अभिनास बोहराले एकएक विकेट लिएका थिए ।
यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन जोड्न सफल भएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक अविजित ५५ रन बनाए । मल्लले आरिफ शेखसँग पाचौं विकेटका लागि ८५ रनको साझेदारी गरे । आरिफ ३१ रन बनाएर आउट भए । गुल्सन झा २६, अनिलकुमार शाह २३, दीपेन्द्रसिंह ऐरी १६, कप्ताज रोहित पौडेल १० रन, करण केसी ७, सोमपाल कामी २ र आसिफ शेख एक रनमा आउट भएका थिए । बलिङमा नामिबियाका लागि बेन शिकोंगोले सर्वाधिक ३ विकेट, ज्याक ब्रसेलले २, रुबेन ट्रम्पलम्यान, जान निकोल लोफ्ट इटन र बर्नार्ड स्कोल्जले एक/एक विकेट लिए ।
नामिबियासँगको दोश्रो खेलमा रोमाञ्चक जित हात परेसँगै नेपाल त्रिकोणात्मक टी–२०आई सिरिजको फाइन पुग्ने सम्भावना बढेको छ । नेपालले अब शनिबार नेदरल्याण्डसँग खेल्नेछ । नामिबिया र नेदरल्यण्डबीच समेत एक/एक खेल हुन बाँकी छ । यी खेलका जित हारको आधारमा नेपालको फाइनल सम्भावना तय हुनेछ ।
तपाईको प्रतिक्रिया