Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसुन तस्करीविरुद्ध उपप्रधान तथा गृहमन्त्री रवि एक्सनमा, तस्कर र तस्कर जोगाउने दुबै नबच्ने दाबी !

सुन तस्करीविरुद्ध उपप्रधान तथा गृहमन्त्री रवि एक्सनमा, तस्कर र तस्कर जोगाउने दुबै नबच्ने दाबी !


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सुन तस्करी छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयन गर्नेगरि एक्सनमा उत्रिएका छन् । उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन करिब २ घण्टासम्म अध्ययन गरेपछि गृहमन्त्री लामिछानेले कार्यान्वयनको प्रक्रिया थालेका हुन ।

तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दबाबमा सरकारले गत असोजमा जाँचबुझ आयोग गठन गरेको थियो । जाँचबुझ आयोगले ४८५ पृष्ठ, १३ अनुच्छेद र ९ अनुसूची रहेको प्रतिवेदन तयार पारेको छ । ९ भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा तयार पारिएको प्रतिवेदनमा मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सीडीआर डीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली समावेश गरिएको छ । प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेले सुझाव कार्यान्वयन गरिने, तस्करलाई र तस्कर बचाउनेलाई कारबाही गर्न कसैले रोक्न नसक्ने प्रतिवद्धता गरेका थिए ।

प्रतिवेदन दराजमा थन्क्याउने प्रवृत्ति अन्त गर्न गृहमन्त्री लामिछानेले तत्कालै पहिले आफू अध्ययन गरेर कारबाही थालेको बताइएको छ । प्रतिवेदन अध्ययन गरे लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका लामिछानेले प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग समेत आवश्यक छलफल गरेका छन् । यो दौडधुपले रवी गठबन्धन के होला भन्नेमा भन्दा आफ्ना प्रतिबद्धतामा खरो उत्रिने संकेत देखाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ