Thursday, 11 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपर्थमा सम्पन्न भयो ‘नेपाली मिनी ओलम्पिक’, अप्रिल २७ मा पुरस्कार वितरण

पर्थमा सम्पन्न भयो ‘नेपाली मिनी ओलम्पिक’, अप्रिल २७ मा पुरस्कार वितरण

नेपाली समुदाय र संघ संस्थालाई सधै एभरेस्ट ग्लोबलको साथ !


ब्रिजबेन । गैर आवासिय नेपाली संघ वेस्टर्न अस्ट्रेलियाको आयोजनामा पर्थमा “हार्मोनी कप २०२४“ पर्थमा सम्पन्न भएको छ । मार्च २ तारिक शनिवारबाट शुरु भएको हार्मोनी कप अप्रिल ७ तारिकसम्म अर्थात करिब ५ हप्तामा सम्पन्न भएको हो ।

टाइटल स्पोन्सर स्टनले कलेज रहेको खेलकुद प्रतियोगितामा विभिन्न ९ बिधाका खेलहरु समाबेश गरिएका थिए । “प्रतिभाको खोज एवं अवसरको भेला, सामुदायिक स्वास्थ र खेलकुदको कुम्भ मेला” भन्ने नाराका साथ पर्थमा रहेका सम्पुर्ण नेपाली खेलकुद क्लब र खेलाडीहरुमा उत्साह भर्न हरेक २ वर्षमा खेलकुदको कुम्भ मेला आयोजना गर्ने गरिएको एनआरएनए डब्लुए का संयोजक शेखर घिमीरे जानकारि दिनुभयो । खेल प्रतिभाको प्रस्फुटन, नेपाली समुदाय बिचको सामुहिक सद्भाव र सम्बन्ध बिस्तारका लागि समेत खेलकुद प्रतियोगिता आयोजना गर्नेगरिएको घिमिरेले बताउनुभयो ।

५ साता लामो खेलकुद प्रतियोगिताका क्रममा फुटबल, क्रिकेट, भलिबल, टेबलटेनिस, लन टेनिस, ब्याडमिन्टन, दौड, पौडी, र चेस सहित नौ वटा खेलहरु भएका थिए । पहिलो पटक समाबेश गरिएको किड्स स्विमिङ प्रतिस्पर्धालाई अभिभावकहरुले रुचाएर प्रशंसा समेत गर्नुभएको थियो । दोश्रो पुस्तालाई संस्था प्रती जोड्न, खेल प्रतिभाको उजागर गर्न यो अभियानलाई निरन्तरता दिने बताइएको छ । विभिन्न ९ विधाका खेललाई वर्गीकरण गरेर पुरुष, महिला, बच्चा र भेट्रान गरि विभिन्न चरणमा प्रतिस्पर्धा गराइएको थियो । फुटबलतर्फ एनयुएफसी क्बलले गोर्खा ब्वईलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको छ । फुटबलतर्फ एभरेस्ट ग्लोबल एजुकेशन एण्ड भिसा सर्भिसेसले स्पोन्सर गर्दैआएको छ ।

विभिन्न विधाका खेल स्पोन्सरहरु :

Cricket : Manglesi Early Learning

Football : Everest Global Eduvation & Visa

Volleyball : Chulo Nepalese Restaurant

Lawn Tennis : Expert Education & Visa Services

Table Tennis : Openvision International Education Consultancy

Badminton : Everest INN Restaurant, Bunbury

Chess : Himali Gorkha Nepalese Restaurant

Running : Capkon Home loans, Melbourne

Food Partner : Himalayan Nepalese Restaurant & Cafe

Ball sponsor : 3E Global Education & Migration

नेपाली मिनी ओलम्पिक समेत भनेर चिनिने खेलकुद प्रतियोगिताका विजेताहरुलाई २७ अप्रिल २०२४ शनिबार बेलुका मिल्लस पार्क सेन्टरमा रात्रिभोजको आयोजना गरि पुरस्कार बितरण गरिदैछ । वेस्टर्न अष्ट्रेलियामा घिमिरे संयोजक भएपछि खेलकुदका, नेपाली समुदायका मेला पर्व लगायतका गतिबिधिले तिब्रता पाउँदैआएका छन् ।

एभरेस्ट ग्लोबल एजुकेशन एण्ड भिसा सर्भिसको निरन्तर साथ
अष्ट्रेलियामा आयोजना हुने विभिन्न सास्कृतिक कार्यक्रमदेखी खेलकुदका विभिन्न गतिबिधिमा एभरेस्ट ग्लोबल एजुकेशनले भरपुर साथ दिदैआएको छ । नेपाली, भुटानी, भारतीय लगायत धेरै देशका युवा विद्यार्थीहरुको मन जित्न सफल एभरेस्ट ग्लोबल एजुकेशन एण्ड भिसा सर्भिसले नेपाली समुदायका हरेक गतिबिधिमा खुलेर आर्थिक साथ सहयोग दिदैआएको छ । संस्थाका सञ्चालक याम केसीले नेपाली संघ, संस्था, क्लबसँगै नेपाली समुदायका सामाजिक कामलाई सफल बनाउन सकेको सहयोग गरिरहेको र यसलाई निरन्तरता दिने प्रतिबद्धता नेपालट्युब अष्ट्रेलियासँग व्यक्त गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ