Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियाको राजधानीमा गाँजा सेवन गर्न पाइने

अष्ट्रेलियाको राजधानीमा गाँजा सेवन गर्न पाइने


क्यानवेरा
अष्ट्रेलियाको राजधानी क्यानवेरामा व्यक्तिगत रुपमा गरिने गाँजा सेवनले कानुनी मान्यता पाएको छ । यसअघि गत मंगलबार क्यानवेराको संसदले गाँजा सेवन सम्बन्धी विधयक पास गरेपछि यसले कानुनी मान्यता पाएको हो ।

नया“ कानुनले व्यक्तिगत प्रयोजनका लागि ५० ग्रामसम्म गाँजा बोक्न र २ वटा रुख रोप्न छुट दिएको छ । जसका लागि कम्तिमा १८ वर्ष उमेर पुगेको हुनुपर्नेछ ।
यो कानुन आगामी जनवरी १ तारिखबाट लागु हुनेछ । क्यानवेराले लागु गर्न लागेको कानुन अष्ट्रेलियाको लागू औषध सम्बन्धी संघिय कानुनसंग भने बाझिन्छ । तर, गाँजा प्रयोगका विषयमा क्यानवेरामा कमनवेल्थ कानुन अनुसार कारवाही नहुने जनाइएको छ ।
क्यानवेरा गाँजालाई कानुनी मान्यता दिने अष्ट्रेलियाको पहिलो राज्य बनेको छ ।
नयाँ कानुन अनुसार ५० ग्रामभन्दा बढी गाँजा साथमा राखेमा ८ हजार डलर जरिवाना र दुइ वर्ष जेल सजायको व्यवस्था छ ।
सेवन गर्न छुट भएपनि क्यानवेरामा गाँजाको व्यापार भने अझै गैरकानुनी नै छ ।
अष्ट्रेलियामा सबैभन्दा बढी प्रयोग हुने लागुऔषध अन्गर्तत गाँजा पर्दछ ।
गत वर्ष अष्ट्रेलियामा ७२ हजार मानिस गा“जा सम्बन्धी कानुन अन्तर्गत समातिएका थिए । उनीहरुमध्ये ९२ प्रतिशत ग्राहक रहेको जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ