
ब्रिजवेन
अष्ट्रेलिया न्युजिल्याण्डस्तरिय नेपाली लोक नृत्य प्रतियोगिताको समुहगत विधामा ब्रिजवेन प्रथम भएको छ । दुइ दिनसम्म चलेको प्रतियोगितामा विभिन्न राज्यका १० टोलीलाई पछि पार्दै व्रिजवेनको डि नाइनटिन समुहले प्रथम स्थान हासिल गरेको हो ।
अमृत काफ्ले, अश्मिता थापा, अमित थापा र रोजिना ठकुरी सहभागी यो समुहले झ्याउरे नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै समुहगत विधामा सिड्नी दोस्रो हुन सफल भएको छ । नेपलिज अष्ट्रेलियन एशोसियसन एनएएको तर्फ न्यु साउथ वेल्स राज्यको प्रतिनिधित्व गर्दै यो समुहले कौरा नृत्यु प्रस्तुत गरेका थिए । समुहमा सिमोन श्रीपाली, सरिना सैंजु, शुकृति आचार्या र रिभिका खरेल सहभागी थिए ।
त्यस्तै समुहगत विधाको तेस्रो स्थान भने मेलवर्न हासिल गरेको छ । भिक्टोरिया राज्यको प्रतिनिधी द एभरेष्ट क्रुले तेस्रो स्थान हासिल गरेको हो । यो समुहमा उदेन शेर्पा, सुप्रिया लामा, वर्षा पुन र परिभाषा श्रेष्ठले नृत्य गरेका थिए ।
