Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपाल र अष्ट्रेलियाबिच सिधा हवाई सेवा सुरु हुदै

नेपाल र अष्ट्रेलियाबिच सिधा हवाई सेवा सुरु हुदै


काठमाडौ
नेपाल र अष्ट्रेलियाबिच सिधा हवाइ सेवा सुरु हुने आधार तयार भएको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को क्यानडामा मंगलबार द्विपक्षीय सम्झौता भएपछि नेपाल र अष्ट्रेलियाबिच सिधा हवाई सेवा सुरु हुने आधार तयार भएको हो ।
सम्झौता अनुसार दुबै देशका एयरलाईन्सहरुले जुनसुकै खालका विमानबाट सातसात उडान गर्न सक्नेछन् ।

नेपालका तोकिएका एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान गर्न प्रतिप्रधाको क्षमताको आधारमा गर्न सक्ने समझदारी भएको छ । यस्तै अष्ट्रेलियन पक्षका एयरलाइन्सले काठमाडौंमा सात उडान प्रतिस्पर्धाको क्षमतामा मात्र उडान गर्ने र बाँकी २८ उडान प्रतिस्पर्धाको क्षमता पोखरा, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा उपयोग गर्नु पर्ने छ ।

समझदारी पत्रमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य र अष्ट्रेलियन प्रतिनिधिमण्डलको तर्फबाट संघीय पूर्वाधार, यातायात, शहरी एवं क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले हस्ताक्षर गरेका छन् ।

दुवै पक्षका एयरलाइन्सले एक अर्कालाई ट्रान्जिटको रुपमा समेत प्रयोग गर्न पाउने स्थानिय संचारमाध्यमहरुले जनाएका छन् ।

यो सम्झौताले अष्ट्रेलियामा बसोबास गर्ने हजारौ नेपालीलाई उत्साहित बनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ