Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपाली मःमको फ्रेन्चाईज अष्ट्रेलियामा बिक्री सुरु

नेपाली मःमको फ्रेन्चाईज अष्ट्रेलियामा बिक्री सुरु


सिड्नी
विदेशमा नेपाल चिनाउन वर्षौदेखि हिमाल र बुद्ध प्रयोग हुदै आएका छन् ।
अब यो सूचिमा नेपाली मौलिख खाना मःम पनि थपिएको छ ।
युवा व्यवसायी होम प्यासीले नेपाली मःमलाई अष्ट्रेलियामा ब्राण्डिङ मात्रै गरिरहेका छैनन् बरु मःमको फ्रेन्चाईज समेत बिक्री सुरु गरेका छन् ।

तीन वर्षदेखि अष्ट्रेलियाको ब्रिजवेनमा ८८४८ मम हाउस संचालन गरिरहेका प्यासीले त्यहि ब्राण्डलाई अष्ट्रेलियाभर विस्तार गर्न लागेका हुन् ।

नेपाल ट्युबसंग कुरा गर्दै प्यासीले भने- ‘नेपालीको मःमलाई अन्तराष्ट्रिय बजारमा लैजानका लागि फ्रेन्चाईज बेच्न सुरु गरेको हाैं । सबैको साथ मिलेमा ममलाई म्याकडोनाल्ड र केएफसी जस्तै बनाउन सकिन्छ ।’

ब्रिजवेनको मुटु भ्यालीमा रहेको मम हाउसमा अहिले २१ थरिका मःम बिक्री हुदै आएको छ ।

नेपाली र अष्ट्रेलियनको घुईचो लाग्ने मम हाउसले नेपाली मःमको प्रचारमा गरेको योगदानको सबैले प्रशंसा गर्ने गरेका छन् । छोटै समयमा नेपाली र विदेशी मम प्रेमीको हब बनेको मम हाउसले फ्रेन्चाईजका लागि आवश्यक तयारी पुरा गरेको छ ।

अष्ट्रेलियाका सिड्नी र मेलवर्न जस्ता ठुला शहरमा पनि नेपाली परिकार पाईने रेष्टुरेन्टहरु प्रसस्तै खुलेका छन् । सिड्नीको मुग्लान रेष्टुरेन्टले त अष्ट्रेलियालीलाई नेपाली परिकारको जादु नै गरिदिएको छ । तर, ब्रिजवेनको ८८४८ मम हाउस बाहेक अन्य कुनै पनि नेपाली रेष्टुरेन्टले मःम मात्रैलाई केन्द्रमा राखेको छैन ।

नेपाली र ईन्डियन खानाको सिड्नीमा मिर्ची नामक फ्रेन्चाईज चेन फाष्टफुड छ । यो चेनमा नेपालीले पनि लगानी गरेका छन् ।
तर, ८८४८ मम हाउसको चेन भने अष्ट्रेलियामा नेपाली खाना मात्रैको पहिलो चेन हुनेछ ।

 

८८४८ मम हाउसकाे मेनु

माैलिख रेसिपी र मसलाका कारण ८८४८ मम हाउसकाे ममकाे स्वाद भिन्न छ । 

फ्रेन्चाईज बिक्रीकाे सूचना जारी गरेपछि फाेन गरेर जानकारी लिनेहरुकाे संख्या बढ्न थालेकाे प्यासीले बताए । 

यसरी लिनुस् फ्रेन्चाईज

मम हाउसको फ्रेन्चाईज पहिलो ३ महिना कुईन्सल्याण्डमा मात्र उपलब्ध हुनेछ । ममलाई चाहिने खाद्य सामाग्री बनाउने ठुलो वेयर हाउस बनिनसकेकाले पहिलो ३ महिना कुईन्सल्याण्डमा मात्रै चेन बिक्री गर्न लागिएको प्यासीले बताए ।

तीन महिनापछि भने मम हाउसको फ्रेन्चाईज अष्ट्रेलियाभर उपलब्ध हुनेछ ।
फ्रेन्चाईज मम हाउसमा आवश्यक सबै खाले ममहरु मुख्य मम हाउसले नै उपलब्ध गराउने छ ।

कुईन्ल्याण्डमा पहिलो ३ फ्रेन्चाईज निशुल्क विक्री गरिने संचालक होम प्यासीले जानकारी दिए ।
त्यसपछिको फ्रेन्चाईज खरिद गरि रेष्टुरेन्ट संचालन गर्न ६० देखि १ लाख डलर खर्च हुनेछ ।
फ्रन्चाईज रेष्टुरेन्टले ब्रिक्रीको ४ प्रतिशत कमिसन बुझाउनु पर्ने छ ।
मम हाउसले ८८४८ मःमको ब्राण्डिङ गर्न, विज्ञापन गर्न र चेन रेष्टुरेन्टको प्रवर्धन गर्न सहयोग गर्नेछ ।

मम हाउसका संचालक होम प्यासीले सन् २०२० सम्म अष्ट्रेलियाको सबै मुख्य शहरमा मम हाउसको चेन पुर्याईसक्ने ठोकुवा गर्दै भने -‘लेट मम प्रमोट नेपाल’ । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ