Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsब्रिजवेनमा राजेश हमालको च्यारिटी । घोषणा भन्दा आधा मात्र सहयोग संकलन

ब्रिजवेनमा राजेश हमालको च्यारिटी । घोषणा भन्दा आधा मात्र सहयोग संकलन


व्रिजवेन

सिन्धुपाल्चोकका दृष्टीबिहिन बालबालिकाको पठनपाठनका लागि थालिएको “सपोर्ट फर सेल्टर”का लागि व्रिजवेनका नेपालीले मात्रै ८ हजार डलर दिने घोषणा गरेका थिए ।

गत जुलाई ४ मा व्रिजवेनमा ब्लाक आइ क्रियसनले नायक राजेश हमाल समेत सहभागि रहेको अभियानका लागि सहयोग रकम संकलनका गर्न रात्रीभोजको आयोजना गरेको थियो ।

महानायक हमाल स्वयम् उपस्थित भएको कार्यक्रममा सहभागी मध्ये ३३ जनाले सहयोग रकमको घोषणा गरेका थिए ।
तर, ४ महिना बितिसक्दा समेत घोषणा गरेको रकम नउठेपछि अहिले आयोजकहरु रनभुल्लमा परेका छन् ।

च्यारिटी डिनरमा ७ हजार ९ सय ५६ डलर सहयोग घोषणा भएको आयोजकले जनाएको छ । तर, हालसम्म ३ हजार ८ सय ८३ डलर मात्र संकलन भएको हो ।

एक दुई सय डलर सहयोग घोषणा गर्नेले सहयोग रकम दिएपनि पाच सय र एक हजार डलर भन्दा माथी घोषणा गर्नेहरुले सहयोग रकम भुक्तानी गर्न आनाकानी गरिरहेको आयोजकले जानकारी दिए ।
नेपाल ट्युबसंग कुरा गर्दै ब्लाक आई क्रियसनका राजु कानले धेरै पटक ईमेल, मेसेज र फोन गरेपनि केही घोषणाकर्ताबाट सहयोग रकम उठाउन नसकिएको गुनासो गरे ।

ठुलो रकम घोषणा गर्ने ८८४८ मम हाउसले ६ सय र सिद्धार्थराज थापाले ५ सय १ डलर भने दिएका छन् ।
ठुलो रकम घोषणा गरेर नदिनेमा ब्रिजवेनका चिरपरिचित अगुवा र समाजसेवीहरु नै छन् ।
समाजसेवाको ठुलाठुला गर्नेहरुले नै दृष्टीबिहिन बालबालिकालाई दिने भनेको सहयोग नदिनु गलत भएको व्रिजवेन निवासी एक नेपालीले गुनासो गरे ।
यसले उनीहरुको समाजसेवी प्रवृत्ति छर्लङ भएको उनको भनाई छ ।
घोषणा भएको सहयोग उठाउन अझै केही दिन पहल गर्ने त्यसपछि संकलित रकम नेपालमै गएर हस्तान्तरण गर्ने योजना रहेको कानले बताए ।

रात्रीभोजमा २ सय २० जना सहभागी भएका थिए । ३५ डलर टिकट रहेको रात्री भोज कार्यक्रममा महानायक हमालसंगै हास्यकवी शैलेन्द्र सिंखडा, दृष्टीबिहिन गायिका मेनुका पौडेल र गायिका एन्जिला रेग्मी सहगागी थिए ।

घोषणा गर्न तछाड मछाड दिने बेला भागाभाग गर्ने यस्तो प्रवृत्ति व्रिजवेनमा मात्र नभई अष्ट्रेलियाको नेपाली समाजको साझा रोग हो ।
यस्तो रोगबाट सिड्नीमा विश्व साईकलयात्री पुश्कर शाह समेत पीडित बनेका थिए । समाचार सार्वजनिक भएपछि दाताहरुले हतार हतार पैसा उठाएर शाहलाई दिएका थिए । यस्तो रोगबाट धार्मिक कार्यक्रमपनि अछुतो छैन । विभिन्न सामाजिक कार्यका लागि गरिएको महायज्ञमा घोषणा गरिएको रकम नउठेर आयोजकहरु रुनु न हास्नुको अवस्थामा पुगेका छन् ।

हरेक हप्ता जस्तो हुने च्यारिटी कार्यक्रममा दम्भ देखाउन घोषणा गर्ने र दिने बेलामा दुलो पस्ने यस्तो प्रवृत्ति सुध्रिनु पर्ने देखिन्छ ।
दिन मन नभए मैं हुँ भन्ने दम्भ देखाउनका लागि मात्रै तछाड मछाड गरेर सहयोग घोषणा गर्दा यसले अष्ट्रेलियाको सिंगो नेपाली समाजको छवी धमिलिदै गएको ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ