
सिड्नी
सिड्नीमा अध्ययन गरिरहेका केही जुजारु नेपाली युवाले दुर्गम भेगका बालबालिकाको पठनपाठनमा सहयोग गर्न टि सर्ट र टोपी किनबेच गरेका छन् ।
‘विनर सर्कल’ नाम दिईएको युवा समुहले संस्थाको लोगो छापिएको १०/१० वटा टिसर्ट र टोपी एक आपसमै किनबेच गरेर पैसा संकलन गरेको हो ।
संकलित ६ सय ४१ डलर अर्थात ५० हजार रुपैया दुर्गम भेगका बालबालिकाको पठनपाठनमा सकृय टिच फर नेपाललाई उपलब्ध गराईएको हो ।
‘शिक्षा नै उज्जवल भविष्यको प्रमुख आधार हो’-विनर सर्कलका रोशन खतिवडाले भने- ‘विदेशमा बसेर पनि हाम्रा गाउँघरका बालबालिकाले राम्रो शिक्षा पाउन भनेर सहयोग जुटाएका हौ ।’
यत्ति सहयोगले ठुलै परिवर्तन नआएपनि विदेशमा बसेका युवाहरुलाई देशमा सहयोग गर्न प्रेरणा दिने खतिवडाको भनाई छ ।
सहयोग कार्यक्रमलाई निरन्तरता दिने विनर सर्कलले जनाएको छ ।
