Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsहजारौ दर्शक झुम्नलाई तयार छ नेपथ्यसंग

हजारौ दर्शक झुम्नलाई तयार छ नेपथ्यसंग


ब्रिजवेन
केही सातायता  ब्रिजवेन नेपथ्यमय भएको छ । यहाँका नेपाली पसल, अफिस र फेसबुकका भित्ताहरु नेपथ्यका पोष्टरहरुले रंगिएका छन् ।
नेपाली संगितका अझ भनौ नेपाली लोकपप संगित मुर्धन्य स्रष्टा नेपथ्यलाई ब्रिजवेनमा स्वागत गरि उनीहरुको संगितमा झुम्न आतुर छन् यहाँका नेपाली ।
१९ नाभेम्बरमा ब्रिजवेनको फर्चिच्युड भ्यालीमा नेपथ्यको विशाल कन्सर्ट हुदैछ । ३ हजार दर्शक अट्ने फर्चिच्युड सांगेतिक हलमा नेपाली ब्याण्डको कन्सर्ट हुनु आफैमा गौरव भएको आयोजकले जनाएको छ । ११ सय वटा सिट र ३ हजार मानिस उभिन सक्ने यो वालरुम थियटर अष्ट्रेलियाकै ठुलो मध्येको एक हल हो ।

८८४८ इभेन्टले नेपथ्यलाई व्रिजवेनमा भित्र्याउन लागेको हो । जसका लागि इभेन्टले महिनौदेखि काम गरिरहेको छ । विभिन्न उपसमुह नै बनाएर इभेन्टले कन्सर्टलाई व्यवस्थित र भव्य बनाउन जुटेको छ । सम्पुर्ण तयारी पुरा भईसकेको इभेन्टले जनाएको छ ।
हालसम्म २ हजार टिकट बिक्री भईसकेको छ भने डोर सेलमा समेत टिकट बिक्री ह्वात्तै बढ्ने देखिएको छ ।
इभेन्टले कन्सर्टका लागि साधारणतर्फ ३५, विद्यार्थीका लागि ३० र डोर सेलका लागि ४५ डलर टिकट मुल्य तोकेको छ ।
डोर सेलमा बढी पैसा तिर्नुभन्दा पहिलै नै आफ्नो टिकट किन्न आयोजकले अनुरोध गरेको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ