
ब्रिजवेन
आफ्ना सेवाग्राहीलाई धन्यवाद दिन कुईन्सल्याण्ड रेल सेवाले ४ वटा सोमबार निशुल्क सेवा दिन थालेको छ ।
रेल सेवाले १८ नोभेम्बरदेखि चार वटा सोमबार निशुल्क सेवा दिन लागेको जनाएको छ।
पछिल्लो केही समय रेल सेवामा देखिएको समस्याका कारण आफ्ना सेवाग्राहीले समस्या भोगेको भन्दै माफी माग्न निशुल्क सेवा दिन लागेको कुईन्सल्याण्ड रेलको वेवसाईटमा भनिएको छ ।
नोभेम्बर १८, नोभेम्बर २५, डिसेम्बर २ र डिसेम्बर ९ तारिख सोमबार कुईन्सल्याण्डवासीले निशुल्क रेल चढ्न पाउनेछन् ।
