Techie IT
Sun, December 5, 2021  |   आइतवार, मंसिर १९, २०७८
गृहपृष्ठ » News » अष्ट्रेलियामा नेपाली युवती वेपत्ता, खोजीदिन बहिनीको आग्रह

अष्ट्रेलियामा नेपाली युवती वेपत्ता, खोजीदिन बहिनीको आग्रह


588 Views

न्यु क्यासल

अष्ट्रेलियामा ३ दिनदेखि एक नेपाली युवती बेपत्ता भएकी छिन् । फेसबुकमा आत्महत्या गर्ने भावको स्टाटस लेखेर सम्पर्क विहिन भएपछि आफन्तमा चिन्ता बढेको छ ।

न्यु साउथ वेल्सको न्यु क्यासलमा बस्दै आएकी अधिकारी थरकी युवती हराईरहेको सुचना व्रिजवेनमा बस्ने बहिनीले फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् ।
तास्लिमन केसी नामकी बहिनीले आईतबार फेसबुकमा लेखेकी छिन् –
‘सिड्नी र न्यु क्यासलमा बस्नेहरु मेरी दिदि खोज्न सहयोग गरिदिनुहोला । फेसबुकमा आत्महत्या गर्ने जस्तो स्टाटस लेखेर मेरी दिदि ३ दिनदेखि सम्पर्कविहिन भएकी छिन् । ठेगाना नभएकाले प्रहरीले पनि खोजी गर्न सकेन । त्यसैले तपाईसंग केही सुचना छ भने सहयोग गर्नुहोला ।’

युवती हराएकाे सुचना बहिनीले फेसबुकमा पाेष्ट गरेकाे विवरण यस्ताे छ ।

ब्रिजवेनमा बस्दै आएकी ती युवती गत जुलाईमा न्यु क्यासल सरेकी थिईन् । म्युजिक भिडियो समेत खेलेकी ती युवती व्रिजवेनमा कलाकारको रुपमा समेत चिनिन्छन् । व्यक्तिगत गाेपनियताका कारण हामीले युवतीकाे पहिचान गाेप्य राखेका छाै ।

क्याटेगोरी : News



प्रतिक्रिया दिनुहोस

-Advertisement-