Tuesday, 9 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियाकाे नेपाली राजदुतमाथी मानव तस्करीकाे आराेप लगाउने ओङ्छु फरार अभियुक्त

अष्ट्रेलियाकाे नेपाली राजदुतमाथी मानव तस्करीकाे आराेप लगाउने ओङ्छु फरार अभियुक्त


नेपालकाे न्युज २४ टेलिभिजनकाे कार्यक्रम सिधा कुरा जनतासँगमा फाेन गरि अष्ट्रेलियाका राजदुतमाथी मानव तस्करीकाे आराेप लगाउने व्यक्ति आफै फरार अभियुक्त रहेकाे खुलेकाे छ ।

नेपाली दुतावास क्यानवेराले जारी गरेकाे विज्ञप्तीमा आराेप लगाउने ओङ्छु शेर्पाले राजदुतकाे निवासबाट सन् २०१७ नाेभेम्बर २१ मा सुन र नगद चाेरी गरेर फरार भएकाे उल्लेख छ । त्यस्तै, उनले सिंगापुर र नेपालमा पनि ठगी गरेकाे उजुरी दुतावासमा लिखित गुनासाे आएपछि छानविनका लागि अष्ट्रेलियाकाे परराष्ट्र मन्त्रालय, नेपालकाे पराराष्ट्र र प्रहरीलाई कारवाहीकाे लागि जानकारी गराएकाे विज्ञप्तीमा भनिएकाे छ ।
ओङ्छु शेर्पाले अष्ट्रेलियाकाे नक्कली भिषा बनाई साेझासाझा नेपालीसग लाखाै रुपैया ठगी गरेकाे प्रमाण दुतावासमा पुगेपछि ओङ्छु फरार भएकाे दुतावासकाे दावी छ । उनी राजदुतकाे भान्छे भएर अष्ट्रेलिया आएका थिए । 


उनी विरुद्ध सर्वाेच्च अदलतमा परेकाे मुद्धा विचाराधिन छ । ठगी मु्द्दामा उनकाे श्रीमति केन्द्रिय कारागारमा छिन् ।
ओङ्छुलाई पक्राउ गर्न नेपाल प्रहरीमार्फत ईन्टरपाेललाई खबर गरिसकिएकाे दुतावासकाे भनाई छ ।

राजदुतमाथी लगाईएकाे आराेपमा कुनै सत्यता नभएकाेले भ्रममा नपर्न दुतावासले आग्रह गरेकाे छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ