Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ नेपालीमुलका युवा धरौटीमा रिहा ।

अष्ट्रेलियामा सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ नेपालीमुलका युवा धरौटीमा रिहा ।


सिड्नी

सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) गरेको आरोपमा अष्ट्रेलियामा पक्राउ नेपालीमुलका युवक धरौटीमा रिहा भएका छन् ।
मंगलबार न्यु साउथ वेल्सको उच्च अदालतले विपिन थापालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतमा उपस्थित भएका सिड्नीका युवा अभियन्ता तथा विपिनका साथी कोमलराज पाठकले जनाएअनुसार टेलि कन्फ्रेन्सबाट बयान लिएपछि उनलाई धरौटीमा रिहा गरिएको हो ।

गत जुलाईमा पक्राउ परेका थापा न्यु साउथ वेल्सकै पेनरिथ नजिकै जेलमा छन् ।

धराैटीमा रिहा भएपछि विपिनले बाहिर बसेरै मुद्दा लड्न पाउने भएका छन् । उनकाे मुद्दाकाे अन्तिम  फैसला भने हुन बाँकी छ । 

गत जुलाईमा न्यु साउथ वेल्स प्रहरीले १०० मिलियन अष्ट्रेलियन डलर अर्थात झण्डै ८ अर्ब नेपाली रुपैया शुद्धीकरणको आरोपमा विपिन थापालाई पक्राउ गरेको थियो ।
एक सेक्युरिटी कम्पनीमा काम गर्ने विपिन कामदार मात्र भएकाले अदालत उनको विषयमा केही लचिलो देखिएको हो ।
सम्पत्ति शुद्धीकरणको आरोपमा कम्पनीका संचालक पक्राउ परेपछि विपिन पनि तानिएका थिए ।

नेपालीमुलका युवक सम्पति शुद्धिकरण जस्तो गम्भीर अपराधमा पक्राउ परेपछि यहाँको नेपाली समुदायको शिर झुकेको थियो ।
तर, अदालतको आदेशले पक्राउ पर्ने वित्तिकै जो कोही दोषी भई नहाल्ने भन्ने पुष्टी गरेको पाठकले बताए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ