Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा धेरै खोजिएको ममको डरलाग्दो वास्तविकता यस्तो छ

अष्ट्रेलियामा धेरै खोजिएको ममको डरलाग्दो वास्तविकता यस्तो छ


फरक विचार

सन् २०१९ मा अष्ट्रेलियाको गुगल सर्चमा सबैभन्दा धेरै खोजिएको दोस्रो विषयमा मम के हो भन्ने रहेछ । यो समाचार सार्वजनिक भएपछि नेपाली खासगरी मम व्यवसायीहरुले सामाजिक संजालमा खुसी बाडेको देखियो ।

म पनि सुरुमा त खुसी भए, वाह नेपाली ममको यत्रो खोजी ?
तर, केही मिनेट इन्टरनेटमा अनुसन्धान गरेपछि थाहा भयो । अष्ट्रेलियनले सबैभन्दा धेरै खोजेको मम त हामीले खाने मम नभई, किशोरकिशोरीलाई आत्महत्या गर्न प्रेरित गर्ने इन्टरनेटमा खेलिने डरलाग्दो खेल पो रहेछ । डरलाग्दो युवतीको फोटो सहितको यो खेल सन् २०१८ मा सामाजिक संजालमा भाइरल भएपछि, एसिया, युरोप र अमेरिकामा केही बालबालिकाले आत्महत्या समेत गरेका थिए ।
यहि खेलको प्रभावले अष्ट्रेलियाका युवायुवती र बालबालिका सिकार नबनुन् भनेर सरकारले विशेष सतर्कता र जनचेतना जगाएको थियो ।

यो समाचार सार्वजनिक भएपछि धेरै अष्ट्रेलियनले मम के हो भनेर खोजी गरेका थिए । त्यही आधारमा गुगल सर्च इन्जिनमा यो दोस्रो नम्बरमा परेकोमा दुइ मत छैन । हाम्रो नेपाली ममलाई विश्व बजारमा लोकप्रिय बनाउन हामी सबै जुट्नुपर्छ । तर, नाम मिलेकै कारणले मम प्रिय बन्दैछ भनेर आत्मरतीमा रमाउनु चाहि त्यति उचित नहोला कि !



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ