Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsब्रिजवेनमा नेपालीको पहिलो फुटवल लिग हुदै । नेपाली र भुटानी एउटै मैदानमा भिड्दै

ब्रिजवेनमा नेपालीको पहिलो फुटवल लिग हुदै । नेपाली र भुटानी एउटै मैदानमा भिड्दै


व्रिजवेन
अष्ट्रेलियाको तेस्रो ठुलो शहर ब्रिजवेनमा पहिलो पटक नेपाली फुटवल लिग हुने भएको छ ।
नेपाली फुटवल क्लब व्रिजवेन हाइल्याण्डरले नेपाली र नेपाली भाषी भुटानी फुटवल क्लबबिच लिग गर्न लागेको हो ।
जनवरी ७ देखि मार्चको अन्तिम हप्तासम्म जारी रहने लिगमा व्रिजवेनका ५ वटा फुटवल क्लब सहभागी हुन लागेको हाइल्याण्डरका अध्यक्ष रबिन जगेवुले जानकारी दिए ।
लिगमा गोरखा, व्रिजवेन नेपलिज र सिम्रिक फुटबल क्लब प्रतिष्प्रधा गर्दैछन् । त्यस्तै आयोजक क्लब ब्रिजवेन हाइल्याण्डर र नेपाली भाषी भुटनिज नेपलिज एशोसियसनले पनि लिग खेल्दैछन् ।
ब्रिजवेनमा नेपालीहरुको सात वटा फुटवल क्लब छन् । १० हप्तासम्म जारी रहने लिगमा हरेक टिमले अन्य ४ वटा क्लबसंग फुटवल खेल्नेछन् । सबैभन्दा बढी स्कोर गर्ने दुइ क्लब बिच फाइनल खेल हुनेछ । पहिलो पटक भएकाले विजेता खेलाडीलाई ट्रफी र मेडल दिइने आयोजकले जनाएको छ । आगामी वर्षहरुमा विजेतालाई नगद पुरस्कारको समेत व्यवस्था गर्दै जाने आयोजकको भनाई छ ।
खेल मान्सफिल्डस्थित इगल कम्प्लेक्सको मैदानमा हुनेछ । निशुल्क प्रवेशको व्यवस्था भएकाले सबै नेपालीलाई खेल हेर्न आउनका लागि आयोजकले अनुरोध गरेको छ ।
यसअघि व्रिजवेनमा नेपाली क्लबहरुले एक दिवसिय खेल गर्दै आएको छ । ‘एक दिवसिय खेलले खेलाडीलाई अभ्यास पुग्दैन’- अध्यक्ष रबिनले भने- ‘त्यसैले हामीले तीन महिनासम्म क्लबका खेलाडीहरु इन्गेज होस भनेर लिग गरेका हौ ।’ 
अष्ट्रेलियामा पढ्न आएका वा स्थापित भएका नेपाली युवाहरु विभिन्न कारणले मानसिक रोग र कुलतको सिकार भइरहेका छन् ।
नियमित खेलकुदले युवाहरुलाई नकारात्मक बाटोमा लाग्नबाट जोगाउन सक्छ । नेपाली समुदायमा हुने यस्ता खेललाई साथ दिनु सबैको दायित्व समेत भएको धेरैको बुझाई छ ।

लिगको खेल तालिका यसप्रकार छ ।

लिगको खेल तालिका

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ