Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsभिटेन अष्ट्रेलिया सांगेतिक यात्रामा । ब्रिजवेनमा जनवरी १ मा कन्सर्ट

भिटेन अष्ट्रेलिया सांगेतिक यात्रामा । ब्रिजवेनमा जनवरी १ मा कन्सर्ट


ब्रिजवेन

युवा र्यापर भिटेन आफ्नो सांगेतिक प्रस्तुतीका लागि अष्ट्रेलिया यात्रामा निस्किएका छन् ।
बुधबार सिड्नी उत्रिएका भिटेनले अष्ट्रेलियाका मुख्य शहरहरु सिड्नी, मेलवर्न, ब्रिजवेन, एडिलेड र पर्थमा कन्सर्ट गर्दैछन् ।
भिटेनको अष्ट्रेलिया यात्राको संयोजन गरेका हुन् हैट ईन्टरटेन्टमेन्ट र ड्रिम हाईटसले ।
पहिलो सांस्कृतिक प्रस्तुती सिड्नीको होम बारमा डिसेम्बर २७ मा हुनेछ । त्यसपछि डिसेम्बर ३० मा मेलवर्नको थेरापी नाईट क्लब क्राउनमा भिटेनले दर्शक उचाल्नेछन् ।
त्यसपछि नयाँ वर्षको दिन भिटेनले ब्रिजवेन तताउनेछन् ।
व्रिजवेनको भ्याली ड्राइभईनमा भिटेनको कन्सर्ट हुन लागेको हो । जसको व्यवस्थापन गरेको छ ८८४८ ईभेन्टले भने यो कार्यक्रमको प्रयोजकमा एबिसि ग्लोवल एजुकेशन कन्सल्टेन्सी रहेको छ ।
त्यस्तै ब्रिजवेनपछि भिटेनले जनवरी ३ मा पर्थमा र जनवरी ५ मा एडिलेडमा कन्सर्ट गर्दैछन् । पर्थमा ब्याडल्याण्डस् बार र एडिलेडको ईनिग्मा बारमा कार्यक्रम हुन लागेको हो । पर्थमा अक्टेभ ईभेन्टस् र एडिलेडमा गिरिस ईभेन्टले व्यवस्थापन गरिरहेकाछन् ।
अष्ट्रेलियाका सांगेतिक यात्रा सकेर भिटेन जनवरी ७ मा स्वदेश फर्कने तयारी छ ।

 

को हुन् भिटेन

नेपाली युवा पुस्तामा लोकप्रिय भिटेनको खास नाम समिर घिसिङ हो ।
रौतहटमा जन्मिएका घिसिङ सानैमा थाङ्का बुन्न काठमाडौ आएका थिए ।
थाङ्का बुन्दाबुन्दै र्यापगितमा लागेका भिटेनले गरिब भन्ने गित गाए । यहि गितले उनलाई र्यापको पारखीमाझ चिनाएको हो ।
नेपालका चर्चित र्यापरको सम्पर्कमा आएपछि भिटेनको गायकी झन् माझिएको हो ।
छाडा र अश्लिल गित गाउने आरोप लागेका भिटेन पछिल्लो समयमा गाँजाको गित गाएको आरोपमा प्रहरी हिरासतमा समेत पुगेका थिए । युवाको मर्म र भावनालाई गितमार्फत अभिव्यक्त गर्न सक्ने क्षमतावान् गायक हुन् भिटेन ।

भिटेनकाे ब्रिजवेन कार्यक्रम



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ