
व्रिजवेन
गुरुङ समुदायको नयाँ वर्ष तमू ल्होछार अष्ट्रेलियाको विभिन्न शहरहरुमा धुमधामले मनाइदैछ ।
पुष १५ लाई गुरुङ समुदायले वर्ग फेरिने दिने अर्थात नयाँ वर्षको रुपमा मनाउदै आएका छन् ।
यो वर्ष मृग वर्गलाई बिदाई गरि मुसा वर्गलाई स्वागत गरिदैछ ।
गुरुङ पात्रोमा १२ वटा जनावरहरु हुन्छन् । हरेक पुस १५ मा जनावर फेरिन्छन् र त्यहि जनावरले एक वर्षसम्म शासन गर्छ । जुन वर्गमा मानिसको जन्म भयो उसलाई त्यहि वर्गले पुकारिने चलन छ ।
सोमबार ब्रिजवेनका गुरुङले ल्होछार मनाएका छन् । पश्चिमी ब्रिजवेनको मिचेल्टनस्थित सामुदायिक भवनमा ल्होछार मनाइएको हो ।
तमू समाज ब्रिजवेनले ल्होछारको कार्यक्रम आयोजना गरेको हो । सन् २००६ देखि नै ब्रिजवेनका गुरुङहरुले सार्वजनिक स्थलमा भेला भएर ल्होछार मनाउन थालेका हुन् । सामुदायिक भवनमा औपचारिक कार्यक्रम गरेर ल्होछार मनाउन थालेको चाहि यो तेस्रो वर्ष हो ।
