Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsपर्यटनमन्त्री भट्टराई ब्रिजवेन आउदै । नागरिकसंग समृद्धी संवाद गर्ने कार्यक्रम

पर्यटनमन्त्री भट्टराई ब्रिजवेन आउदै । नागरिकसंग समृद्धी संवाद गर्ने कार्यक्रम


व्रिजवेन

भिजिट नेपाल २०२० उद्घाटनका लागि अष्ट्रेलिया आउन लागेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई व्रिजवेन समेत आउने भएका छन् ।
प्रवासी नेपाली एकता मञ्चको अनुरोधमा पर्यटनमन्त्री भट्टराई जनवरी ५ तारिखमा व्रिजवेन आउन लागेका हुन् ।
क्यानवेराबाट व्रिजवेन हुदै पर्यटनमन्त्री भट्टराई सिड्नी जान लागेका हुन् । सिड्नीमा जनवरी ७ मा पर्यटन वर्ष २०२० को उद्घाटन कार्यक्रममा भाग लिने तयारी रहेको क्यानवेरास्थित नेपाली दुतावासले जनाएको छ ।

व्रिजवेनमा मन्त्री भट्टराईले स्थानिय नेपालीहरुसंग भिजिट नेपाल र समृद्धीका बारेमा अन्तरकृया गर्ने कार्यक्रम रहेको मञ्चले जनाएको छ ।
साझ ६ बजेपछि हुने कार्यक्रममा व्रिजवेनका नेपालीलाई सहभागी भएर आफ्ना जिज्ञासा राख्न आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रम व्रिजवेनको स्प्रिङहिलस्थित तिब्बतियन किचनमा हुन लागेकोे हो ।
नेपाल -अष्ट्रेलिया सिधा हवाई उडान, कुइन्सल्याण्डको महावाणिज्य दुतावासको कामकारवाही, विद्यार्थीका समस्या, हुण्डी कारोवार रोक्न नेपाल सरकारको पहल लगायत विषयमा यहाँका नेपाली सरकारको धारणा जान्न आतुर छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ