Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsमहावीर पुनलाई सिड्नीका नेपाली विद्यार्थीको साथ

महावीर पुनलाई सिड्नीका नेपाली विद्यार्थीको साथ


सिड्नी

सिड्नीमा पढिरहेका नेपाली विद्यार्थीले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन्।
विनर सर्कल नामक समुहमा जोडिएका झण्डै ६८ जनाले एक लाख रुपैया संकलन गरि केन्द्रलाई पठाएको हो । सहयोग रकम दिनेमा केही गैर विद्यार्थी पनि छन् ।
‘गो फन्ड मि’ नामक क्राउड फन्डिङ वेवसाईटको प्रयोग गरेर झण्डै १२ सय ६० डलर संकलन गरिएको सर्कलका रोशन खतिवडाले जानकारी दिए ।
नयाँ वर्षको दिन सिड्नीको एक पार्कमा बारबिक्यु कार्यक्रम गरेर रकम नेपाल पठाउने घोषणा गरिएको हो ।
‘राष्ट्रिय आविष्कार केन्द्रका लागि बैंकले ऋणसमेत नदिएको समाचार आएपछि हामीले सहयोग गर्ने निधो गरेका हौं’ -खतिवडाले भने-‘यो रकम सानो होला, तर यसले विदेशमा पढिरहदा पनि देशको लागि सहयोग गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।’
भविष्यमा थप सहयोग गर्दै जाने खतिवडाको भनाई छ ।
हालै संस्थागत भएको विनर सर्कल मिडियाले सिड्नीमा पढ्ने नेपाली विद्यार्थीबिच हातेमालोको प्रयास गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ