Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsकुईन्सल्याण्डका नेपालीद्वारा डढेलो प्रभावितलाई सहयोग संकलन

कुईन्सल्याण्डका नेपालीद्वारा डढेलो प्रभावितलाई सहयोग संकलन


ब्रिजवेन

अष्ट्रेलिया अहिले डढेलोको चपेटामा छ । खासगरि न्यु साउथ वेल्स, कुईन्सलेयाण्ड र भिक्टोरिया राज्यमा डढेलोको प्रभाव उच्च छ।
हालसम्म ३ स्वयम् सेवकसहित २० जनाले डढेलोमा परि ज्यान गुमाईसकेका छन् । हजारौलाई डढेलो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ । लाखौ वन्यजन्तु डढेलोमा परि खरानी भएका छन् । सयौ घर डढेलोको चपेटामा परेका छन् । हालसम्म जंगल, झाडी र पार्क गरि ६० लाख हेक्टर क्षेत्रमा डढेलोले क्षति पुर्याएको छ ।

बढ्दो तापक्रम र सुख्खा मौसमले डढेलोको प्रभाव थप जोखिमपुर्ण बनेको छ ।

यसैबिच डढेलो प्रभावितका लागि कुइन्सल्याण्डमा बसोबास गर्ने नेपालीले सहयोग संकलन सुरु गरेका छन् ।
गैर आवासिय नेपाली संघ कुइन्सल्याण्डले ‘गो फन्ड मी’ नामक क्राउड फन्डिङ वेवसाईट मार्फत सहयोग संकलन सुरु गरेको हो ।
सुरुमा ५ हजार लक्ष्यसहित सहयोग संकलन सुरु गरिएपनि १० हजार डलरसम्म संकलन गरिने तयारी रहेको एनआरएनएका कुइन्सल्याण्ड संयोजक उमेश खड्काले जानकारी दिए ।
यो दुखको घडीमा नेपाली समुदाय चुप लागेर बस्न कहाँ सक्छ र ?’-खड्काले भने-‘कर्म भूमीलाई दुख पर्दा सहयोग गर्नु हाम्रो पनि दायित्व हो ।’
अष्ट्रेलियाले हामीलाई धेरै दिएको स्मरण गर्दै खड्काले डढेलो प्रभावितलाई सहयोग जुटाउन सबै कुईन्सल्याण्डबासीलाई हातमालो गर्न आग्रह समेत गरेका छन् ।
संकलित रकम रुरल फायर सर्भिस कुईन्सल्याण्डलाई हस्तान्तरण गरिने बताईएको छ ।

सहयाेग गर्न यस लिंकमा थिच्नुहाेस् 

डढेला प्रभावितलाई सहयोग जुटाउन कुईन्सल्याण्ड एनआरएनएले छिट्टै गाला डिनरको समेत आयोजना गर्ने तयारी भईरहेको बताईएको छ ।

यसअघि गत नोभेम्बरमा गैरआवासिय नेपाली संघ अष्ट्रेलियाले २० हजार डलर संकलन गरेर न्यु साउथ वेल्सका डढेलो प्रभावितलाई दिएको थियो ।

अष्ट्रेलियामा नेपालीको संख्या बढेसंगै सुखदुखमा स्थानिय समुदायसंग हातेमालो गर्नु सकारात्मक विषय हो । यसले भर्खरै फष्टाउदै गरेको नेपाली समुदायको छवि उकास्न मद्दत समेत पुग्दछ । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ