Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपाल र अष्ट्रेलियाबिच सिधा हवाई उडान हुन्छ – पर्यटनमन्त्री भट्टराई

नेपाल र अष्ट्रेलियाबिच सिधा हवाई उडान हुन्छ – पर्यटनमन्त्री भट्टराई


ब्रिजवेन

भ्रमण वर्षको उद्घाटनका लागि यति बेला संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टरा अष्ट्रेलियामा छन् । क्यानवेरा, ब्रिजवेन हुदै सिड्नी जाने क्रममा रहेका मन्त्री भट्टराई यता आएको मौकामा नेपाल र अष्ट्रेलिया सिधा हवाई उडान सुरु गराउने तरखरमा छन् ।
प्रवासी नेपाली एकता मञ्चले व्रिजवेनमा गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाबिच साझेदारी मै भएपनि सिधा हवाई उडान सुरु गरिछाड्ने प्रतिवद्धता जनाएका छन् । भिजिट नेपालको प्रवद्र्धन गर्न भन्दै अष्ट्रेलिया भ्रमणमा आएका पर्यटनमन्त्री भट्टराईले सिधा हवाई उडानका लागि नेपाल एयरलाइन्सले तयारी गरिहेको बताएका हुन् ।
सिधा हवाई उडानका लागि आवश्यक तयारी गर्न यसपालीको भ्रमण अर्थपुर्ण रहेको दाबी समेत गरे । मन्त्री भट्टराईले भ्रमणका क्रममा अष्ट्रेलियाका हवाई क्षेत्रका प्रतिनिधीसंग भेट्ने कार्यक्रम छ । नेपालमा दुइ वटा अन्तराष्ट्रिय विमानस्थल छिट्टै संचालनमा आउन लागेकाले पनि सिधा उडानका लागि बाटो खुलेको दावी गरे । सिधा हवाई उडानका लागि नेपाली पक्षमा जस्तो उत्सुकता अष्ट्रेलियाका विमान कम्पनीहरुमा भने नदेखिएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । सानो बजार, जटिल भौगोलिक अवस्थिती र निजी विमान कम्पनीसंगको छलफल बिनै सहमति गरिएकाले अष्ट्रेलियन विमान संचालकहरुको महत्वमा नेपाल नपरेको हो । गत सेप्टेम्बरमा क्यानाडामा भएको अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको सम्मेलनमा नेपाल र अष्ट्रेलियाबिच सिधा हवाई उडान गर्ने सम्झौता भएको थियो । सिधा उडान नहुदा चीन, मलेसिया, दुवाई हंङकङ हुदै २४ घण्टा भन्दा बढी समय लगाएर नेपाल अष्ट्रेलिया यात्रा गर्नुपर्ने अवस्था छ । जसका कारणे नेपाल भ्रमण गर्ने अष्ट्रेलियालीको संख्या बढ्न सकेको छैन । गत वर्ष ३८ हजारले नेपाल भ्रमण गरेका थिए ।
कार्यक्रम मन्त्री भट्टराईले भ्रमणवर्ष सफल बनाउन अष्ट्रेलियाका नेपालीहरुको सहयोग महत्वपुर्ण भएको भन्दै सबैले साथ दिन आग्रह गरे । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले विदेशमा बसेर पनि सधै नेपालको हित चाहाने गरेको बताएका थिए ।
कार्यक्रममा गैरआवासिय नेपाली संघ कुइन्सल्याण्डका संयोजक उमेश खड्काले नेपाल चिनाउन आफ्नो टिम सदैव लागिपर्ने बताए । त्यस्तै नेपाल पर्यटन बोर्डका कुइन्सल्याण्ड सद्भावनादूत स्वतन्त्रप्रताप शाहले नेपालीहरुमा मात्रै सिमित भिजिट नेपालको प्रचारप्रसारलाई अष्ट्रेलियालीमाझ पु¥याउन यहाँका रेल, बस र टेलिभिजनहरुमा प्रचारप्रसार सामाग्री देखाउनुपर्नेमा जोड दिए ।
जनवरी सात तारिखमा पर्यटनमन्त्रीले सिड्नीमा भिजिट नेपालको उद्घाटन गर्ने कार्यक्रम छ ।

 

नेपाल र अष्ट्रेलियाबिच सिधा हवाई सेवा सुरु हुदै

नेपाल र अष्ट्रेलियाबिच सिधा हवाई सेवा सुरु हुदै

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ